×

प्रदिप खड्का पुनः प्रभु बैंकको ब्रान्ड एम्बास्डर नियुक्त

images

काठमाडौं । प्रभु बैंकले ख्याति प्राप्त कलाकार अभिनेता प्रदिप खड्कालाई पुनः ब्रान्ड  एम्बास्डरमा नियुक्त गरेको छ ।

बैंकले नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खड्कालाई एक वर्षका लागि आफ्नो  ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार प्रदिप खड्कालाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ति गर्नेसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । खड्का विगत तीन वर्षदेखि प्रभु बैंकको ब्रान्ड एम्बास्डर रहेका छन् ।

बुधबार २५ साउन २०७९ ०५:५६ PM मा प्रकाशित

प्रतिक्रिया