×

नेसनल लाइफ इन्स्योरेन्सको ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न

images

काठमाडौं । ‘रिचिङ द पिनाकल’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सम्पन्न गरेको छ । 

जीवन बिमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचनागरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन सम्पन्न भएको हो । 

सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जीवन बिमा व्यवसाय झनै प्रतिस्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व बढेको बताए । उनले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बिमा बजारमा अग्र स्थानमा पु¥याउन सबैले अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिए ।  

कर्मचारीहरुकोे व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले के एफ ए बिजनेश स्कुलका फाउण्डर तथा एक्जुकेटिभ चेयरमेन रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेक्टर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागी कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण प्रदान दिएका थिए । 

आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालयलगाएत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
 

बुधबार २५ साउन २०७९ ०५:४४ PM मा प्रकाशित

प्रतिक्रिया