मङ्गलबार, कात्तिक २ २०७८ ०५:१६ AM

×

पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक

images

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । पोखरा पर्यटन परिषद्ले दसैं, तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिकोआधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताए ।

उनले कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिरलगायतका नयाँ पर्यटकीय गन्तव्य खुलाउन पहल गर्ने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलपश्चात् पर्यटकका लागि सुरक्षित गन्तव्यमा पुर्याउन फाष्ट ट्रयाकको आवश्यकता औंल्याउँदै यसमा ध्यान दिने बताए ।

पर्यटनलाई निर्वाहमुखी र तटस्थतावादी सोचबाट माथि उठाउन जरुरी रहेका औंल्याउँदै ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियानलाई सफल पार्न निजी क्षेत्र र सरकारबीच छलफल गरेर कार्ययोजना तय गर्नुपर्नेमा जोड दिए ।

महामारीको सामना गरिरहेका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट आवश्यक सहयोग नभएको गुनासोलाई सम्बोधन गर्न पहल गर्ने बताउँदै उनले प्रदेश स्तरीय बैंकको आवश्यतासमेत औंल्याए ।

कार्यक्रमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव पहारीले लेकसाइड पर्यटनको मुटु भएकाले यसलाई जोगाउनु पर्ने आवश्यता रहेको जनाउँदै पर्यटन मैत्री वातावरणका लागि तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

सांसद पहारीले कोभिडका कारण लगानी डुबाउन बाध्य व्यवसायीको हितका लागि ल्याएका मौद्रिक नीति तथा व्यवसाय पुनर्जीवन कोषको रकम पहुँच हुनेले मात्र पाउन सकेको भन्दै सहज व्यवस्थाका लागि प्रदेश सरकारलाई आग्रह गरे ।

पोखराको पर्यटन परम्परागत रूपबाट अघि बढिरहेको जनाउँदै अब नयाँ गन्तव्यको खोजी र प्रचार–प्रसार आवश्यक रहेको उनको भनाइ थियो । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोेखराको पर्यटन चलायमान बनाउन सरकारले विशेष प्याकेजसहित कार्यक्रम ल्याउन आग्रह गरे ।

उनले भने, ‘व्यवसायीका अनगिन्ति समस्या छन्, सरकारले बुझ्न पर्याे । आर्थिक समृद्धिको आधार पर्यटनलाई चलायमान बनाउन सरकारले प्योकज ल्याओस् हामी साथ दिन्छौं,’ देशको अस्थिर राजनीतिकको शिकार व्यवसायी भएको जनाउँदै सरकारले आफैंले ल्याएको नीति कार्यक्रमको पालन गर्न नसकेको गुनासो गरे ।

‘सरकारलै नीति कार्यक्रम ल्याउने तर कार्यान्वयनमा चासो नदिँदा व्यवसायी मर्कामा परेका छन् ।’ उनले पर्यटन आर्थिक समृद्धिको आधार भनेर भनिरहँदा पर्यटन क्षेत्रमा लगानी गर्न सरकारले चासो नदिएको बताए । उनले हरेक कुरा केन्द्रीकृत मानसिकताले गर्दा पोखराका पर्यटन व्यवसायीले संघीयताको महसुस गर्न नपाएको उनको भनाइ छ ।  

कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठ, सचिव तारानाथ पहारी लगायतले पर्यटन पुनरुत्थानको आवश्यतासम्बन्धी धारणा राखेका थिए ।

 

आइतबार​ २४ असोज २०७८ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया