मङ्गलबार, कात्तिक २ २०७८ ०४:१९ AM

×

सुनिल भट्टराई जसले पर्यटन क्षेत्रलाई भविष्य बनाए

images

काठमाडौं । भनिन्छ, सानो उमेरमा उसको मानसपटलमा जस्तो छाप बसेको हुन्छ, भविष्यमा त्यस्तै बन्छ वा बन्न खोज्छ । पारिवारिक वातावरण र रहनसहन अनुसार धेरै युवाहरु अगाडि बढिरहेको हुन्छ । त्यही भीड भित्रका एक युवा उद्यमी र व्यवसायी हुन सुनिल भट्टराई ।

पोखरा स्थायी घर भएका भट्टराई कलिलै उमेरबाट व्यवसायलाई अंगालेका छन् । करिब २२/२३ वर्षकै उमेरबाट बीजीबी क्याफेबाट आफ्नो व्यवसायी यात्रा सुरु गरेका भट्टराई अहिले रिसोर्ट, प्याराग्लाइडिङ सहित विभिन्न ब्यवसाय सम्हाल्दै आएका छन् । 

उनको पारिवारिक वातावरण नै ब्यवसाय भएकाले पनि उनलाई यस क्षेत्रमा लाग्न कुनै समस्या नआएको बताउँछन् । पोखरामा उनको परिवारले लामो समयदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् । त्यति मात्र हाेइन,उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा आउँदासमेत दिदी भिनाजुको डिपार्टमेण्टल स्टोरमा केही समय बिताएका थिए । जसको कारण उनीसँग कसरी बिजनेस गर्ने,ग्राहकलाई कस्तो व्यवहार गर्ने र कस्ता–कस्ता सामानहरुको माग आउँछ भन्ने ज्ञान सानै उमेरमा लिइसकेका थिए । त्यही भएर पनि उनले कहिल्यै जागिर खाने र विदेशमा जाने भन्ने सोच बनाएनन र आएनन पनि ।

पोखरा र काठमाडौंको बसाई व्यापारिक माहोल भएकैले उनि अध्ययन गर्दागर्दै अब केही गर्नुपर्छ भन्ने सोच उनको दिमागमा आयो । काठमाडौंमा रहँदा डिपार्टमेण्टल स्टोरमा बसेको कारणले पोखरामा पनि रिटेल बिजनेस राम्रो हुन सक्छ भन्ने सोचका साथ गार्मेन्टको ब्यवसाय सुरु गरे । जुन सफल पनि भयो ।

पोखरा स्थायी घर भएका भट्टराई कलिलै उमेरबाट व्यवसायलाई अंगालेका छन् । करिब २२/२३ वर्षकै उमेरबाट बीजीबी क्याफेबाट आफ्नो व्यवसायी यात्रा सुरु गरेका भट्टराई अहिले रिसोर्ट, प्याराग्लाइडिङ सहित विभिन्न ब्यवसाय सम्हाल्दै आएका छन् । 

एउटा काममा सफलता मिल्दै गएपछि उनले केहि साथीभाइहरुसँग मिलेर सन् २००८ देखि पोखराको लेकसाइटमा बीजीबी क्याफे सञ्चालनमा ल्याए । जुन अहिलेसम्म सञ्चालनमा रहँदै आएको र लोकप्रिय पनि भएको छ । क्याफे सञ्चालनसँगै उनकै समूहले पोखरामा पहिलो पटक पूर्ण रुपमा नेपाली स्वामित्वमा प्याराग्लाइडिङ सुरु गरे । उनले सुरु गर्दा तीनवटा कम्पनी मात्र थियो । जुन विदेशी लगानी र नेपालीको नाममा सञ्चालित थियो । अहिले त्यो संख्या बढेर ५५ देखि ६० वटा पुगिसकेको छ ।

अहिले क्याफेसँगै बीजीबी रिसोर्ट २ वर्षअघिबाट सञ्चालनमा ल्याएका छन् लेकसाइडमै । त्यति मात्र हाेइन उनले डेढ वर्ष अघिबाट डल्ले मःमको फ्रेन्चाइज पनि पोखरामा सञ्चालनमा ल्याएका छन् ।

सुरुमा २५ लाख लगानीबाट ब्यवसाय सुरु गरेका भट्टराईले लगानीलाई विस्तार गर्दै लगेका छन् । पारिवार नै ब्यवसायीक क्षेत्रको भएकोले उनलाई लगानीको समेत कुनै समस्या भएन । तर, इच्छा र लगनसिल नभएको भए अहिलेको अवस्थामा आउन नसक्ने उनको भनाइ छ ।

व्यवसायमा युवा पुस्ता हावी हुँदै

पहिला पहिला युवाहरुलाई ब्यवसायमा लगानी गर्न वा त्यस क्षेत्रमा जान नै दिँदैन थिए । तर,अहिले विस्तार विस्तारै नयाँ युवाहरु पनि बव्यवसाय लागेको देखिन्छ । यसरी हेर्दा पारिवारीक बिजनेशसँगै नयाँ क्षेत्रबाट पनि ब्यवसायमा आउनेहरुको संख्या बढिरहेको छ । जुन,सकरात्मक विषय हो ।

अहिले बिजनेसहरु पनि छानिछानी गर्न पाइन्छ । पहिला सिमित क्षेत्र थियो । ट्रेडिङ र पर्यटन मात्र सीमित रहेको बेला अहिले क्षेत्र विस्तार भएको छ । पोखरामा पनि विभिन्न अवसरहरु आएको छ ।

लगानीको पनि समस्या छ । युवाहरुलाई बिनाधितो ऋण दिने व्यवस्था ल्याएको छ । नीतिमा बिजनेस प्लान अनुसार स्टार्टअपहरुलाई ऋण दिने कुरा आए पनि कार्यन्वयनका पक्षमा पनि बलियो हुन आवश्यक छ । नीतिलाई कार्यन्वयनमा लैजान सकियो भने अझै धेरै युवाहरुले नयाँ नयाँ सोचअनुसार ब्यवसायमा आउने छन् । जसको कारण दैनिक रुपमा विदेश जाने संख्याहरु कम हुँदै जाने छ भने बेरोजगारको संख्या पनि घट्छ ।

सरकारले पनि यस विषयमा बुझ्न आवश्यक छ । सरकारले भनेको कुरा बैंकहरुले कार्यान्वयन नगरेको पाइन्छ । त्यसैले अव धितोलाई नै बिजनेस प्लानलाई राखेर अघि बढ्न आवश्यक छ ।

अहिले क्याफेसँगै बीजीबी रिसोर्ट २ वर्षअघिबाट सञ्चालनमा ल्याएका छन् लेकसाइडमै । त्यति मात्र हाेइन उनले डेढ वर्ष अघिबाट डल्ले मःमको फ्रेन्चाइज पनि पोखरामा सञ्चालनमा ल्याएका छन् । सुरुमा २५ लाख लगानीबाट ब्यवसाय सुरु गरेका भट्टराईले लगानीलाई विस्तार गर्दै लगेका छन् । पारिवार नै ब्यवसायीक क्षेत्रको भएकोले उनलाई लगानीको समेत कुनै समस्या भएन । तर, इच्छा र लगनसिल नभएको भए अहिलेको अवस्थामा आउन नसक्ने उनको भनाइ छ ।

लाखौं रुपैयाँ लगानी गरेर विदेश जाने युवाहरुलाई नेपालै साना-साना लगानीमा पनि धेरै कमाउन सकिन्छ भन्ने पछिल्लो समय देखिन्छ । कृषि क्षेत्रमा धेरै राम्रो भएको । साना लगानीमै धेरै रकमहरु यहि बसेर कमाउन सकिन्छ ।

विदेशमा गरिने दुःखलाई नेपालमै गर्न सकियो भने त्यहाँ भन्दा धेरै रकम कमाउन सकिन्छ । खाडी मुलुकमा जाने पैसा र त्यहाँ जान लाग्ने खर्च यही लगानी गर्न सकियो भने कृषि र पोल्टी, पशुपालन क्षेत्रमा राम्रो हुने देखिन्छ । सरकारले पनि अहिले सहुलियतपूर्ण ऋण दिन थालेको छ ।

सरकारले पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोले नयाँ नयाँ प्रविधि भित्र्याउन सके भारतबाट आयात हुने तरकारी,माछामासुलाई नियन्त्रण गर्न सकिन्छ । हुन त पछिल्लो समय धेरै युवाहरुले कृषिलाई आधुनिकरण गर्दै बिजनेशको रुपमा अगाडी बढाउँदै गएको देखिन्छ । जुन विषय अत्यन्त सहरानीय छ ।
 

बिहीबार २८ साउन २०७८ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया