मङ्गलबार, कात्तिक २ २०७८ ०५:१३ AM

×

प्रत्येक बैंकमा राष्ट्र बैंकको अडिट, सेयर कर्जामा कडाइ नगरेको देखिए पछि धमाधम कारबाही

images

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरे पनि बैंकहरुले त्यसलाई कार्यान्वयन नगरेको भन्दै बैंकमाथि केन्द्रीय बैंकले कारबाही सुरु गरेको छ । 

केन्द्रीय बैंकले बैंकहरुमाथि आन्तरिक अडिट गर्दा सेयर धितो कर्जामा कडाइ नगरेको देखिएपछि बैंकहरुमाथि नियामक आक्रमक भएको हो । केन्द्रीय बैंकले एउटा बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ मात्रै सेयर धितो कर्जा दिन पाउने व्यवस्था गरेको छ । 

तर, केही बैंकले सीमाभन्दा धेरै सेयर धितो कर्जा दिएको देखिएको केन्द्रीय बैंक स्रोतले बताएको छ । आधा दर्जन बैंकमा आन्तरिक अडिट गर्दा बैंकले सीमाभित्र सेयर धितो कर्जा नराखेको पाइएको स्रोतले बताएको छ । 

सेयर धितो कर्जा लिएर उपभोग गरिसकेका हकमा चालू आर्थिक वर्षको मसान्तसम्म सीमामा ल्याइसक्नुपर्ने छ । तर, यदि कुनै ऋणीले सीमा भन्दा बढी ऋण स्वीकृत गरेर राखेको र त्यसलाई सीमाभित्र ल्याउन कुनै पहल नगरेको पाइएपछि बैंकहरुलाई कारबाही गरिएको हो । 

खासगरी सेयरमा धेरै लगानी गरेका बैंकहरुमाथि केन्द्रीय बैंकको अडिट थियो । गभर्नर महाप्रसाद अधिकारी कोरोनामुक्त भएर आएर पछि बैंकामाथि आक्रामक रुपमा अनुगमन बढाएका हुन् । गभर्नर अधिकारी सेयर बजारप्रति नकारात्मक छन् । उनकै कारण बजार निरन्तर ओरालो लागिरहेको छ । बजार निरन्तर घटे पछि गभर्नर अधिकारीसँग अर्थमन्त्री जनार्दन शर्मा पनि असन्तुष्ट छन् । 

मङ्गलबार २६ असोज २०७८ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया