×

बतासले लिएको पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्ध गर्न सिफारिस

images

काठमाडौं । बतास समूहले भाडामा लिएर नेपाल-भारतमैत्री पशुपति धर्मशाला सञ्चालनका लागि गरेको सम्झौता रद्ध गर्न सिफारिस गरेको छ ।

कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालले कानुनविपरीत सम्झौता गरेको र बतास समूहले पनि सम्झौताविपरीत नै संरचना बनाएको ठहर गर्दै सम्झौता रद्ध गर्न सिफारिस गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धर्मशाला भाडामा दिएको विषयमा  छानबनि समिति बनाएको थियो ।

धर्मशाला २०७६ वैशाखमा बतास समूहको आनन्द होटल प्रालिलाई दिने निर्णय तत्कालीन सदस्य-सचिव प्रदीप ढकालले गरेका थिए।

धर्मशाला भाडामा दिने सम्झौतामा उल्लेख भएको भन्दा बाहिर संरचना बनाएको र एक वर्ष यताको ९९ लाख रुपैयाँ भाडा पनि बतासले नतिरेको छानबिन समितिको निष्कर्ष छ।

छानबिनको क्रममा बतासले धर्मशालामा सम्झौताविपरीत विलासिताको स्पादेखि जिम गर्ने ठाउँसमेत बनाएको र भने अनुसारको सस्तो रुम नराखेको देखिएको समितिले जनाएको छ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि आइतबार स्थलगत निरीक्षण गर्दै पाँच तारे स्तरको होटल बनाएको भन्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।


 

सोमबार ३ माघ २०७८ ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया