बुधबार, असार २ २०७८ ०६:४६ PM

×

निषेधाज्ञाकै बीचमा कतार र ग्वान्जाओमा हवाई उडान खुला,साताको एक / एक उडान हुने

images

काठमाडौं । निषेधाज्ञाकै बीचमा सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक / एक उडान गर्ने गरी हवाई उडान खुला गर्ने निर्णय भएको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनले कहिलेबाट उडान गर्ने भन्ने मिति भने खुलाएनन् । पछिल्लो समय निषेधाज्ञाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि उडान खुला गर्ने निर्णय भएको बताए ।

कतारमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालबाट उडान गर्दै आएको छ । चीनको ग्वान्जाउमा भने चार्टर्ड उडान मात्रै हुँदै  आएको छ ।

 

सोमबार ३ जेठ २०७८ १०:३५ PM मा प्रकाशित

प्रतिक्रिया