×

सांग्रिला मुद्दती धमाका योजना खाता सञ्चालन, ८० प्रतिशतसम्म कर्जा सुविधा पाइने

images

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले यो योजना न्यूनतम मौज्दात १० हजार रूपैयाँबाट सुरु गर्न सक्नेछन् । 

साे मुद्दती योजनाअन्तर्गत बचत रकमअनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ । ग्राहकले यस योजनाअन्तर्गत आफ्नो बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोहीअनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने/दिने दिनसम्म पुँजीकरण गरिएको व्याज रकमसमेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । 

यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले मुलुकभर रहेको १ सय १२ शाखा कार्यालयमार्फत सुलभ तरिकाले खाता खोली रकम बचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र सञ्चालन गरिएको छ । 

बुधबार १ भदौ २०७९ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया