×

इन्डोनोसियाको ७७ औं स्वतन्त्रता दिवसः  आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे झन्डोत्तलन

images

काठमाडौं ।  गणतन्त्र इन्डोनेसियाको ७७ औं स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतको कार्यालय आईएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौंस्थित कार्यालयमा झन्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झन्डोत्तलन गरेका हुन् । 

कार्यक्रममा अवैतनिक वाणिज्यदूत ढकालले इन्डोनेसियाको ७७ औं स्वतन्त्रता  दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पु¥याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रसस्त सम्भावना रहेकाले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्ने कुरामा जोड दिए । 

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । 

इन्डोनेसिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरू छन् ।

झन्डोत्तलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति थियो ।


 

बुधबार १ भदौ २०७९ १२:५५ PM मा प्रकाशित

प्रतिक्रिया