×

अमेरिकाको कोलोराडो राज्यमा दुईवटा विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु

images

लस एन्जलस । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुईवटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । 

बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ । सिन्हा

आइतबार​ २ असोज २०७९ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया