मङ्गलबार, कात्तिक २ २०७८ ०४:३९ AM

×

सञ्चय कोषले जग्गा किन्न सञ्चयकर्तालाई ऋण दिने, कार्यविधि बनाउँदै  

images

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा किन्नलाई पनि ऋण दिने भएको छ । कोषले सञ्चयकर्तालाई घर बनाउन मात्र ऋण दिने गरेकोमा अब जग्गा किन्नलाई पनि दिने भएको हो । जग्गा खरिदका लागि ऋण दिन कोषले सञ्चयकर्ता घर सापटी कार्यविधिमा परिमार्जन गर्न लागेको छ । 

कोष सञ्चालक समितिले सहमति दिएकाले कार्यविधि बनाउन लागिएको कोषका कामु सहप्रशासक जितेन्द्र धितालले बताए । कतिपय सञ्चयकर्ताले जग्गा नै किन्न नसकेपछि नयाँ व्यवस्था गरेको उनले सुनाए ।

कार्यविधि बनाएर कोष सञ्चालक समितिमा पेश गर्ने भएको छ । हाल कोषले घरको जगको काम पूरा गरेपछि मात्र सञ्चयकर्तालाई ऋण दिने गरेको छ । कोषले सञ्चयकर्तालाई १ करोड रुपैयाँसम्म घर सापटी दिने गरेको छ । कोषले सञ्चयकर्तालाई साढे ७ प्रतिशत ब्याजमा घरकर्जा दिँदै आएको छ । कोषको सबैभन्दा ठूलो लगानी घर कर्जामा हुने गरेको छ ।

सोमबार ४ असोज २०७८ ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया