×

मुद्रास्फीति नियन्त्रणका लागि दक्षिण अफ्रिकामा ब्याजदर बढ्याे

images

एजेन्सी। दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले मुद्रास्फीतिलाई नियन्त्रण गर्न बिहीबार आफ्नो ब्याज दरलाई ६.२५ प्रतिशत पुर्‍याएको छ। ब्याजदरलाई गत जुलाईमा पनि शुन्य दशमलब ७५ प्रतिशतले वृद्धि गरिएको थियो। यो दर एक दशकयताकै उच्च हो।

जुलाईमा मुद्रास्फीति बढेर ७.८ प्रतिशत पुगेको थियो र उक्त मुद्रास्फीति १३ वर्षयताकै उच्च हो। दक्षिण अफ्रिकी रिजर्भ बैंकले उच्च मुद्रास्फीति र कमजोर आर्थिक वृद्धिप्रति चिन्ता व्यक्त गरेको छ।

'मौद्रिक नीति समितिले पुनः खरीद दर शुन्य दशमलब ७५ अंकले बढाएर ६.२५ प्रतिशत प्रतिवर्ष गर्ने निर्णय गरेको छ,' बैंकका गभर्नर लेसेट्जा कागान्यागोले भने। 

उनले भने, 'पुनः खरीद दरको स्तर अहिले महामारी सुरु हुनुभन्दा पहिलेको स्तरको नजिक पुगेको छ। यो लगातार पाँचौं पटकको ब्याजदर वृद्धि हो।'
 

बिहीबार ६ असोज २०७९ ०९:२९ PM मा प्रकाशित

प्रतिक्रिया