बिहीबार, मंसिर १६ २०७८ ०३:३१ PM

×

उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा अग्रवाल निर्वाचित

images

सप्तरी । सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७ सय ४६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

 उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह र महासचिवमा अमृतकुमार संचेती विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिए।   

यसैगरी ११ औं अधिवेशनबाट सचिवमा सुरेन्द्र विमल ,कोषाध्यक्षमा प्रमोदकुमार कावरा ,सहकोषाध्यक्षमा निर्मल मुन्धडा यसैगरी सदस्यमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह, कमलप्रसाद साह, सञ्जय पूर्वेले, दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी भएका छन् ।

कुल १ हजार ३ सय २२ मतदाता रहेको सङ्घमा १ हजार १ सय ६१ ले निर्वाचनमा मतदानमा भाग लिएका थिए  । नवनिर्वाचित अध्यक्ष अग्रवालले आर्थिक समृद्धि हासिल गर्न सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने बताए ।

सोमबार ६ मंसिर २०७८ ०४:०८ PM मा प्रकाशित

प्रतिक्रिया