×

सर्वाधिक कर तिर्नेमा विजयकुमार शाह, संस्थामा नेपाल टेलिकम, बैंकमा नबिल

images

काठमाडौं। सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको छ। निर्यात उद्योगतर्फ शिवशक्ति घ्यू परेको छ।

images

सर्वाधिक कर तिर्नेमा सिद्धार्थ राणा, संस्थामा नेपाल टेलिकम, बैंकमा नबिल

व्यक्तिगत रुपमा सर्वाधिक आय कर तिर्नेमा तारा म्यानेजम्यान्टका अध्यक्ष सिद्धार्थ राणा भएका छन् । उनी हरेक वर्ष सबैभन्दा बढी आय कर तिरेर सम्मानित हुँदै आएका छन् । गत वर्ष राणा दोस्रो भएका थिए। गत वर्ष जावलाखेल डिस्ट्रिलरीका विजयबहादुर साह सर्वाधिक आयकर बुझाउनेको सूचीमा परेका थिए ।

व्यक्तिगत रुपमा सर्वाधिक आय कर तिर्नेमा जावलाखेल डिस्ट्रिलरीका विजयकुमार शाह भएका छन्। कृषि उद्योगतर्फ ओसिबी फुड्स एन्ड फुड सम्मानित भएको छ। वाणिज्य बैंकतर्फ नबिल बैंक सर्वाधिक कर तिर्नेको सूचीमा परेको छ।

सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गर्दै आएको छ। यसपटक चुनावले गर्दा मंसिर ७ गते धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गरेको छ। राजस्व सचिव र अर्थसचिवले बुधबार सर्वाधिक कर तिर्ने व्यक्तिलाई सम्मान गरेका छन्।

गत वर्ष सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको थियाे। निर्यात उद्योगतर्फ भारतीय लगानीको डाबर नेपाल, व्यक्तिगतततर्फ सर्वाधिक आय कर तिर्नेमा तारा म्यानेजम्यान्टका अध्यक्ष सिद्धार्थ राणा भएका थिए।

उनी हरेक वर्ष सबैभन्दा बढी आय कर तिरेर सम्मानित हुँदै आएका थिए। गत वर्ष राणा दोस्रोमा थिए भने जावलाखेल डिस्ट्रिलरीका विजयकुमार  शाह सर्वाधिक आयकर बुझाउनेको सूचीमा परेका थिए।

आन्तरिक राजश्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन १ मंसिरलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ। २०५४ मंसिर १ गतेदेखि सरकारले भ्याट लागू गरेको हो।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो करधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ यस वर्षकाे नारा तय गरिएकाे थियाे। 

निर्वाचन आचारसंहिताका कारण विभागलले आज एक कार्यक्रमकाबीच सम्मान गरेकाे हाे। 

बुधबार ७ मंसिर २०७९ ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया