×

११.५६ अंकले बढ्यो नेप्से, कारोबार कति ?   

images

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले बढेको छ । बढेको बजारमा १२४ कम्पनीका लगानीकर्ता कमाउन सफल भएका छन् । यस दिन नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ बिन्दुमा पुगेको हो । चुनावपछि निरन्तर दुई कारोबार दिन घटेको बजार आज सामान्य अंकले बढ्न सफल भएको हो । 

आज १ हजार ९२२.८२ बिन्दुमा खुलेको बजार ०.६० प्रतिशतले बढेर १ हजार ९३३.५५ बिन्दुमा पुगेर बन्द भएको छ । सामान्य अंकले बढेको बजारमा ९२ करोडको कारोबार भएको छ । 

आज नेप्से उच्च बिन्दु १ हजार ९३३ बिन्दु र न्यून १ हजार ९१३ बिन्दु समातेको थियो । आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा ९२ करोड ५१ लाखको कारोबार भएको छ ।  अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब १ करोडको कारोबार भएको थियो । 

आज नेप्सेमा २ सय ३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २  सय ३२ कम्पनीमध्य १ सय २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यसैगरी यस दिन १७ कम्पनीको सेयर मूल्य स्थिर छ । आज नेप्सेमा घलेम्दि हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६.८३ प्रतिशतले बढेको छ । 

आज किसान लघुवित्तको सेयर मूल्य सर्वाधिक २.८९ प्रतिशतले घटेको हो । आज नेप्सेमा साइन रेसुंगा डेभलपमेन्टको सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँको कारोबार गरेको छ ।त्यस्तै, हिमालयन डिस्टीलरीको ६ करोड ४० लाख र एनआईसी एशिया बैंककोे २ करोड ९३ लाख रुपैयाँको कारोबार गरेको छ । 

बिहीबार ८ मंसिर २०७९ ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया