×

रसियासँग भारतले ४० डलर सस्तोमा तेल किन्दा नेपाललाई छैन लाभ

images

काठमाडौं । भारतले रसियासँग मार्चबाट सस्तोमा कच्चा तेल (क्रुड आयल) किनिरहेको छ । भारतले अहिले प्रतिदिन ८ लाख ४० हजार ६ सय ४५ ब्यारेल कच्चा तेल ४० डलर सस्तोमा किनिरहेको छ । 

images

चीनले रूसी तेल आयात बढायो, १ महिनामा साढे ७ अर्ब डलरको किन्यो

बेइजिङ, एएफपी । चीनले मे महिनामा रूसबाट कच्चा तेल आयात बढाएको छ ।  पश्चिमा मुलुकहरूल...

आयल प्राइस डटकमका अनुसार अन्तर्राष्ट्रिय बजारमा अहिले ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ११३.१ डलर छ । तर, भारतले भने प्रतिब्यारेल ७३ डलरमा कच्चा तेल किनिरहेको छ । 

images

सस्तोमा पाएपछि भारतले रोजनेफ्ट कम्पनीबाट रुसी तेल खरिद गर्दै 

एजेन्सी । भारतले पेट्रोलियम रिफाइनरी कम्पनी रोजनेफ््टबाट रूसी तेल आयात बढाउन लागेको छ । तेल आयात अझ बढाउन भारतले रोजनेफ्टसँग वार...

रसिया–युक्रेन युद्ध सुरु भएपश्चात् भारतले रसियासँग ठूलो परिमाणमा कच्चा तेल किनेर रिफाइन गरिरहेको छ । अहिले त्यही तेल भारतसहित नेपालमा पनि बिक्री भइरहेको छ । 

images

भारतमा रुसी तेलको दबदबा, सस्तोमा पाएपछि दैनिक साढे ८ लाख ब्यारेल आयात 

मे महिनामा रुसी तेल आयातमा नयाँ रेकर्ड कायम गरेको हो । यस्तै जुनमा पनि रुसबाट कच्चा तेल आयातले नयाँ रेकर्ड कायम गर्ने सम्भावना बढेको भारतको कमोडिटी एक्पर्ट केप्लरले जनाएको छ । 

तर, रसियासँग त्यति सस्तोमा किनेको तेल नेपालमा किन आइरहेको छैन भन्ने प्रश्न चौतर्फी उठिरहेको छ । कि भारतसँग सस्तोमै तेल किनेर नेपाली जनतालाई बेचिरहेको छ ? भन्ने प्रश्नसमेत हुन थालेको छ । 

images

रुसी इन्धन नकिन्ने ईयूको निर्णय

बीबीसी । पूर्ण प्रतिबन्ध लगाउने कुरामा हङ्गेरीले विरोध जनाएपछि युरोपेली संघ (ईयू)  का नेताहरू रुसी तेल आयातको दुई तिहाइभन्द...

तर, भारतले कुन देशसँग कच्चा तेल कति मूल्यमा किन्यो भन्नेले कुनै अर्थ नराख्ने नेपाल आयल निगमका कर्मचारी बताउँछन् । 

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच भारतको डोमेस्टिक मार्केटको प्राइससँग नेपालले तेल किन्दैन । नेपालले अन्तर्राष्ट्रिय रुपमा जे मूल्य निर्धारण हुन्छ, त्यहीअनुसार पेट्रोलियम पदार्थ किन्छ । 

रसियासँग भारतले कच्चा तेल किन्नु/नकिन्नुमा नेपाललाई कुनै सरोकार नहुने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । 

'विश्वका सबै आयल कम्पनीले अन्तर्राष्ट्रिय मूल्यअनुसार पेट्रोलियम पदार्थ किनबेच गर्छन् । नेपालमा पनि सोही मूल्य लागू हुन्छ । ‘जब अन्तर्राष्ट्रिय मूल्यअनुसार तेल किन्ने नियम लागू हुन्छ भने भारतले कुन देशसँग कति मूल्यमा कच्चा तेल किन्यो भन्नेले कुनै अर्थ राख्दैन’, उपाध्यायले भने । 

अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको दुई खाले बिजनेस भएको छ । एकः कच्चा तेल ल्याएर आफ्नो रिफाइनरीमा प्रोडक्सन गर्यो, त्यसको एउटा मूल्य । दुईः तयारी पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार भाउ अर्को । 

रसिया–युक्रेन युद्ध सुरु हुनुपूर्व कच्चा तेल र तयारी तेलबीच बढीमा १० डलरसम्म फरक हुन्थ्यो । रिफाइनरी शुल्क भनेर १० डलर राखिएको थियो । अहिले रसिया युक्रेनबीच युद्ध भइसकेपछि त्यो फरक तोडिएको छ । 

अहिले ५० देखि ६० डलरसम्म कच्चा र तयारी तेलको मूल्य फरक भइरहेको छ । पहिले रिफाइनरी चार्ज भनेर १० डलर लिइन्थ्यो भने अहिले ६० डलरसम्म लिन थालिएको छ । अहिले विश्वमै रिफाइनरीवालाको एक किसिमको मूल्य छ भने तयारी तेलको मूल्य अर्कै छ । 

जुन देशमा रिफाइनरी छ, उसले सस्तोमा कच्चा तेल किनेर १० डलर राख्नुपर्ने रिफाइनरी शुल्क ६० डलरसम्म राखेर बेच्न पाइरहेको छ । विश्वभरका रिफाइनरीको नाफैनाफा छ । तर, तयारी पेट्रोलियम पदार्थ बेच्दाखेरि घाटैघाटा रहेको उपाध्याय बताउँछन् । 

भारतको पनि रिफाइनरी नाफामा छ भने मार्केटिङ डिभिजन पूरै घाटामा । अहिले भारतीय आयल कर्पोरेसनले प्रतिलिटर डिजेलमा २३ रुपैयाँ र १३ रुपैयाँ हाराहारी पेट्रोलमा घाटा व्यहोरिरहेको छ । 

आईओसीको मासिक घाटा अहिले ४० अर्ब हाराहारी पुगेको छ ।  

भारतमा भएका रिफाइनरीले मस्त कमाइरहेका छन् । मार्केटिङ मात्रै लसमा छ । भारतले पनि अन्तर्राष्ट्रिय बजारअनुसार नै मूल्य निर्धारण गर्छ । उसले सस्तोमा तेल ल्याएर भारतीय जनतालाई पनि कुनै फाइदा भएको छैन । तर, भारतले मूल्यमा कन्ट्रोल भने अवश्य गरेको छ । 
अहिले नेपालभन्दा भारतमा पेट्रोलको मूल्य ३२ रुपैयाँ सस्तो छ । र, विश्वभर यही खेल चलिरहेको छ । 

भारतमा पनि निजी क्षेत्रका पेट्रोल पम्प छन् । उनीहरुले पेट्रोलियम पदार्थ बेच्नै छाडेका छन् । कारण, भारत सरकारले तेलको मूल्य कन्ट्रोल गरिदियो । त्यसपछि भारतमा भएका निजी पम्पहरुले तेल बेच्न बन्द गरेका हुन् । सोही कारण त्यहाँका सबै जनता आईओसीको पम्पमा पुगेका छन् । 

सबै भारतीयहरु आईओसीमा तेल हाल्न लाइन लाग्दा उसको मासिक घाटा ४ हजार करोड भारु भइरहेको छ । तर, रिफाइनरीले भने मालामाल कमाइरहेकै छन् । 

आइतबार​ १२ असार २०७९ ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया