आईएमई ग्रुपका प्रबन्ध निर्देशक ढकाल भन्छन्— परिवर्तन चाहनुहुन्छ भने कम्फर्ट जोनबाट बाहिर निस्कनुहोस्

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार १८, बुधबार  
आईएमई ग्रुपका प्रबन्ध निर्देशक ढकाल भन्छन्— परिवर्तन चाहनुहुन्छ भने कम्फर्ट जोनबाट बाहिर निस्कनुहोस्

जब म १९ वर्षको थिएँ, त्यो बेला मैले एउटा कुरा आभास गरें, संसारमा केही कुरा पनि असम्भव छैन । अंग्रेजी शब्द ‘इम्पोसिबल’ आफैले नै आई एम पोसिबल भनिरहेको हुन्छ । म बागलुङमा जन्मिएर त्यहीँ हुर्किएँ । बागलुङ यी ७७ जिल्लामा सम्भवतः सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्ने जिल्ला हो । मैले आफ्नो विद्यालयीय शिक्षा त्यहीँ पूरा गरें । र दाइसँग उच्च शिक्षाका लागि काठमाडौं आएँ । र त्रिचन्द्र कलेजमा साइन्सको विद्यार्थीका रुपमा भर्ना भएँ । यसैबीच मलाई मेरी आमा र दाजुले पढाइसँगै सब्जी पसलमा काम गर्ने मौका दिनुभयो, जहाँ मैले व्यापारको आधारभूत जगबारे सिक्ने र मानिसहरुसँग सम्बन्ध राख्न सिक्ने मौका पाएँ । 


मेरो सपना चिकित्सक बन्ने थियो । र म थप अध्ययनका लागि अमेरिका जान चाहन्थें । मैले अमेरिकाका लागि भिसा आवेदन पनि दिएँ । तर रिजेक्ट भयो । त्यसले मलाई मेरो सपना समाप्त भएको लाग्यो । तर पछि विचार गरें, असफलताबाट नै सिक्दै अघि बढ्ने हो । त्यसापछि मैले कडा मिहिनेत गरेर पढें । म १९ वर्षको उमेरमा जापान गएँ । त्यो मेरो जीवनको एउटा टर्निङ पोइन्ट थियो । जब म जापान पुगें, भाषाको मामिलामा एकदमै समस्या भयो । त्यहाँ भाषाको शिक्षाबिना केही गर्न सकिँदैनथ्यो । मैले मेरो जीविकोपार्जन र पढाइका लागि कडा मिहिनेत गर्नुपर्यो, मैले मानिसहरुसँग बोल्न र जोडिनका लागि भाषामा ठूलो मिहिनेत गर्नुपर्यो । जापानमा म रेस्टुराँमा बार टेन्डरका रुपमा काम गर्थें, जहाँ मैले नाकामुरासँग भेट्ने मौका पाएँ, जसलाई म मेरो पहिलो गुरुका रुपमा मान्छु । उनी त्यस समय जापानमा एक स्थानीय बैङ्कका म्यानेजर थिए । त्यस समय जापानमा लगभग १५ हजार नेपाली त्यस क्षेत्रका विभिन्न रेस्टुरेन्टमा काम गर्थे । बार टेन्डर भएको नाताले मैले ग्राहकलाई रमाइलो गराउनुपथ्र्यो । बार टेन्डरका रुपमा मैले धेरै बोल्नुपथ्र्यो, जसले गर्दा मैले जापानी भाषा बोल्न थालें, त्यहाँको टिपिकल उनीहरुले भन्दा पनि राम्रो गरी ।
 

त्यस समय जापानको बैङ्किङ प्रणाली एकदमै परम्परागत थियो । नेपालीहरु नेपाली बैङ्क शाखामा पैसा ट्रान्सफर गर्न जान्थे । तर भाषाको समस्याले उनीहरु राम्ररी सञ्चार गर्न सक्दैनथे । त्यसैले नाकामुराले मलाई कहिलेकाहीँ भाषा अनुवाद गर्न बोलाउँथे । जब सशुल्क सेवाको दिन हुन्थ्यो तब उनले मलाई हप्ता दिनसम्मका लागि बोलाउँथे । जब मैले यो काम केही समयका लागि गरे, तब मलाई यो राम्रो व्यवसाय हुन्छ भन्ने लाग्यो । यहाँ मानिसहरुको अपेक्षा र सेवा आपूर्तिमा ठूलो खाडल छ । किनभने त्यो समय हामीसँग धेरै वाणिज्य बैङ्क थिएनन् । केही मात्र सरकारी बैङ्क थिए, जुन सहरमा मात्र सञ्चालित थिए । विभिन्न क्षेत्रबाट जापान जाने नेपालीहरु जब पैसा पठाउँथे, तब त्यो कहिले एक हप्तामा कहिले दुई हप्तामा मात्र पुग्थ्यो । र कहिलेकाहीँ महिँनौं लाग्थ्यो । 

 

तपाईंहरु बुझ्नुहोस् कि उद्यमशीलता भनेको व्यापारको आकार र मात्रा होइन, यौ सबै मान्छेहरुको माइन्ड सेट अपको कुरा हो । चाहे तपाईं २० करोड डलरको व्यवसाय सञ्चालन गर्नुहोस् या त बीस हजारको तरकारी पसल नै किन नहोस्, दुबैको जग एउटै हो ।


त्यस समय पैसा पठाउन धेरै समस्या थियो । नाम गलत लेखिँदा पैसा अर्कै ठाउँ पुग्दथ्यो । जब मैले यस्ता समस्या देखें, मलाई यो ठूलो व्यापार हुने क्षेत्र हो भन्ने लाग्यो । र यो नै त्यो क्षण र जग थियो, हाम्रो बिजनेस ग्रुपको जसले हामीलाई आज यहाँसम्म ल्याइपुर्यायो । म त्यहाँ करिब साढे तीन वर्ष जति बसें । 


त्यसपछि म नेपाल आएँ र दाजुसँग बसें, जो अघिदेखि नै बैङ्कमा काम गर्नुहुन्थ्यो । बैङ्कका धेरै प्रक्रिया, विधि जान्नुभएको थियो । त्यसपछि हामीले रेमिट्यान्स बिजनेस सुरु गर्ने सोच बनायौं । त्यस समय कुनै विधान थिएन र बैङ्कले आफैं रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको थियो । कुनै पनि निजी कम्पनीले रेमिट्यान्स बिजनेस गरिरहेको पनि थिएन । हामीले त्यहाँ अवसर देख्यौं । तर त्यसका लागि विधान थिएन । हामी सधैं यो एउटा विचारबाट प्रेरित भयौं, ‘चराहरुलाई आकाशमा नक्सा हुँदैन । तर पनि त्यो आफ्नो गन्तव्यमा पुग्छ । किनभने त्यहाँसम्म पुग्नलाई त्योसँग स्पष्ट भिजन हुन्छ ।’ त्यो प्रेरणा थियो हाम्रो लागि । त्यसैले हामीले दिनरात काम गर्यौं, नियामकहरुको ढोका ढक्ढकायौं र हामीले अन्ततः नेपाल राष्ट्र बैङ्कबाट त्यो विधान तयार गराएरै छाड्यौं । 


हामीले नेपालबाट अनुमोदन पायौं । तर जब हामी जापान गयौं, त्यहाँको बैङ्किङ प्रणाली निकै नै परम्परागत थियो । त्यहाँको सरकारले कुनै पनि निजी रकम प्रसारकलाई इजाजतपत्र प्रदान दिँदैनथ्यो । बैङ्कलाई मात्र इजाजतपत्र प्रदान गथ्र्यो । हामीले जापानमा प्रयास गर्यौं तर इजाजतपत्र प्राप्त गर्न सकेनौं र म नेपाल आएँ । तर सौभाग्यवश सन् २००० मा मलेसियाले नेपाललाई श्रम शक्तिको स्रोत राष्ट्रमा सूचीकृत गर्यो र हामीले नेपाल र मलेसियाबाट नै इजाजतपत्र प्राप्त गर्न सफल भयौं । 


दाइ मानिसहरुसँग सम्बन्ध सञ्जाल विस्तार गर्नमा निकै चलाख हुनुहुन्थ्यो । उहाँको सम्पर्ककै कारण हामीले त्यस समय नेपाल र मलेसियामै बिजनेस विस्तार गर्न सक्यौं । तर पहिला मानिसहरुले विश्वास गरेनन् । किनभने हामीसँग पर्याप्त ज्ञान थिएन । र गाउँबाट आएका कारण हामीसँग प्राविधिक पृष्ठभूमि पनि थिएन । हामी ती दिनमा फ्याक्स र इमेलमा कुरा गथ्र्यौं । हामीसँग प्रविधिको धेरै ज्ञान पनि थिएन । तर हामीले त्यस समय सेवा आपूर्तिका लागि सञ्जालको आवश्यकतालाई बुझ्न पायौं । र हामी आफ्नो सेवालाई देशका विभिन्न ठाउँमा विस्तार गर्न चाहन्थ्यौं र हामी दिनरात काम गथ्र्यौं, कहिलेकाँही चौबीसै घण्टा पनि । 


स्वामी विवेकानन्दले भनेको काम पूजा हो भन्ने कुरामा विश्वास गथ्र्यौं । हामी केही सोच्दैनथ्यौं, मात्र काम, काम, काम । हामीले एकदमै धेरै यात्रा गथ्र्यौं, हामी दैनिक यात्रा गथ्र्यौ । म लगातार यात्रा गर्थें । मलाई साथीले कहाँ बस्छौ भनेर सोध्थे, म उनीहरुलाई प्लेनमा बस्छु भन्थें । त्यस समय हामीले काम गरिरहेको भन्दा फरक तरिकाले इन्टरनेट नेटवर्क परिवर्तन भइरहेको मलाई लाग्यो । र हामीले इन्टरनेटमा ठूलो लगानी पनि गर्यांै । योबिना हाम्रो सेवा आपूर्ति हुने अवस्था थिएन । हामीले आधाभूत रुपमा प्रविधि र अधिकतम नेटवर्कमा लगानी गर्यौं । त्यो लगानी खासगरी डेमोस्टिक नेटवर्क जहाँ हामीले सेवा आपूर्ति गर्नुपथ्र्यो । र अन्तर्राष्ट्रिय नेटवर्क जहाँ हामीले सेवा प्राप्त गर्नुपथ्र्यो । दुवै साइडमा हामीले नेटवर्क डेलिभरी गरिरहेका थियौं । 


जब व्यापार सुरु वा विस्तार गर्छौं, तब हामीसँग केही सिद्धान्त र मार्गदर्शन हुन्छन् । हामी सधैं अन्वेषणमा विश्वास गर्छांै । हामी सधैं ग्राहकको सन्तुष्टि र धेरै रोजगारी सिर्जनामा विश्वास राख्छौं । हामी सधैं सरकारको नियममा विश्वास राख्छौं । ग्राहक र सरोकारवालाप्रति पनि उत्तिकै जवाफदेही हुन्छौं । आज पनि हामी जस्तोसुकै व्यापारसुरु गरे पनि यी सिद्धान्तमै हिँड्छौं । 


नेपालको तीन करोड जनसङ्ख्यामध्ये करिब ५० लाख अझै पनि बैङ्क पहुँचबाट बाहिर छन् । हाल अधिकांश वाणिज्य बैङ्कले धेरै जसो सहरी क्षेत्रमा सेवा पुर्याउँदै छन् । तर अझै ग्रामीण भेगमा बस्ने धेरै मानिसहरु बैङ्किङ पहुँचबाहिर छन् । 

वित्तिय सेवाका लागि अर्को कदम भनेको मोबाइल फाइनेन्सियल सर्भिस हो । यसले बैङ्किङ सेवामा ठूलो डिस्रप्सन सृजना गर्छ । हामीले त्यो देखेका छौं र हामीले सेवालाई त्यहीँ दिशामा विस्तार गर्दै छौं । हामी कल्पना गर्न सक्छौं अबको १० वर्षपछि यहाँ शाखारहित बैङ्क हुने छन् र मोबाइल बैङ्किङ सेवाले परम्परागत सेवालाई विस्थापन गर्नेछ । म यो कुरामा विश्वस्त छु— यसपछि बैङ्किङ ग्रामीण क्षेत्रमा धेरै विस्तार हुनेछ ।


मोबाइल प्लेटफर्मले धेरै आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ प्रयोग गरिरहेको छ । मानिसहरु भन्छन्—आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा हामी रोजगारी गुमाउँछौं । तर म त्यस्तो हँुदैन भन्छु । किनभने मेसिन चलाउनलाई पनि मानिसकै आवश्यकता पर्दछ ।


वित्तीय सेवा डिस्रप्सनको प्राविधिक डिस्रप्सन भए पनि पर्यटन नेपालको प्रमुख विकासको आधार हो । किनभने सगरमाथा कहिल्यै पनि डिस्रप्सन हुँदैन । प्रविधिले मानिसहरुको चाहना नेपाल र सगरमाथाप्रति सधैं उस्तै रहन्छ । हामीसँग पर्यटनमा व्यापक अवसर छ । नेपाल दुई विशाल मुलुकबीचको सानो देश हो । हामीले यी दुई विशाल मुलुकलाई आफ्नो हातमा लिन सक्यौं भने कल्पना गर्नुस्, हाम्रा लागि कस्तो अवसर सिर्जना हुनेछ । पर्यटन मात्र होइन, हामीसँग गन्तव्य आधारित पर्यटनमा धेरै स्कोप छन् । धेरै भारतीय नेपालमा विवाह पार्टीका लागि आउँछन्, जसले गर्दा नेपाल विस्तारै विवाह पार्टीका लागि गन्तव्य मुलुक बन्दैछ । हामीसँग मनोरञ्जन र पर्यटनमा धेरै अवसर र ठाउँ छन् ।


यस बाहेक हाम्रो मौसमका कारण हर्बल उत्पादनका लागि धेरै अवसर छन् र ती हर्बललाई विदेश निर्यात गर्ने र कच्चापदार्थ विदेश निर्यात गर्ने सक्छौं । छिमेकी मुलुकलाई र हामी वल्र्ड क्लास प्रोडक्ट उत्पादन गरेर निर्यात गर्न सक्छौं । कल्पना गर्नुहोस्, हामीसँग पर्यटनको पूर्वाधार छ, हर्बल प्लान्टको राम्रो सेटअप छ यसले स्थानीय उद्यमीलाई कस्तो अवसर सृजना गर्ला त आफ्नै व्यापार सुरु गर्न । 

 

मेरो एक जना साथीले भन्ने गर्थे, नेपालमा ढुङ्गा फाल्यो भने त्यो सुन बनेर फर्किन्छ । किनभने यहाँ जताततै सम्भावना छन् । हामीसँग गर्नलाई धेरै छन् । किनभने हामी भर्जिन मुलुक हौं । 

 


तपार्इंहरु बुझ्नुहोस् कि उद्यमशीलताको भनेको व्यापारको आकार र मात्रा होइन, यौ सबै मान्छेहरुको माइन्ड सेट अपको कुरा हो । चाहे तपाईं २० करोड डलरको व्यवसाय सञ्चालन गर्नुहोस् या त बीस हजारको तरकारी पसल नै किन नहोस्, दुबैको जग एउटै हो ।


अहिले हजारौं युवाहरु राम्रो रोजगारीको खोजीमा देश छाडिरहेका छन् । उनीहरुले कमाएको पैसा घर पठाउँदै छन् र रेमिट्यान्सकै कारण देश पनि चलिरहेको छ । मलाई लाग्छ, देशको कुल ग्रार्हस्थ्य उत्पादनको एकतिहाई भाग रेमिट्यान्सले योगदान दिइरहेको छ । म निश्चिन्त छु कि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी सबैजना रेमिट्यान्समा निर्भर छौं । तर देश छोडिरहेका मानिसहरुलाई यहाँ कस्ता अवसर छाडिए भन्ने कुराको ज्ञान छैन । 


विदेश जानु, केही नयाँ कुरा सिक्नु, नयाँ अनुभव लिएर आउनु र त्यसलाई यहाँ प्रयोग गर्नु राम्रो कुरा हो । तर हामीले देशमा फर्केर यहाँको अर्थतन्त्रलाई दीर्घकालका लागि प्रभाव पार्न सक्ने केही योगदान दिनुपर्छ । 


म गाउँले केटो भएको कारण मैले राम्रो विद्यालय तहमा राम्रो स्कुल जाने मौका पाइनँ । म सधैं राम्रो स्कुलमा जान चाहन्थें । र मैले जहिल्यै पनि शिक्षाको शक्तिलाई बुझें । विश्वलाई परिवर्तन गर्ने एउटै चिज शिक्षा हो । मेरो यो यात्रामा मैले धेरै देश बसें र मैले विश्वभर व्यापक यात्रा गरें र म दुई ओटा संस्थामा आबद्ध हुने मौका पाए एउटा ईओ र वाईपीओ । यी संस्थाले प्लेटफर्म उपलब्ध गराउँथे जहाँ विश्वभरका उद्यमीहरु एकसाथ जोडिन्थे र साथै सिक्ने प्लेटफर्म पनि उपलब्ध गराउँथे । पछिल्लो १० वर्षमा मैले अमेरिकामा ख्यातिप्राप्त विश्वविद्यालयमा भर्ना हुने मौका पाएँ, जहाँ मैले एमआईटीमा मेरो इन्टरप्रेनर्स मास्टर्स प्रोग्राम सक्काएँ । म लन्डन बिजनेस स्कुल गएँ र एक वर्षको टुथ म्यानेजमेन्ट प्रोग्राम सक्काएँ । र भर्खरै हार्भर्डबाट मैले ओपीएम ग्य्राजुएसनका रुपमा ग्य्राजुएट सकेको कुरा साझा गर्न पाउँदा एकदमै खुसी छु । 


मलाई लाग्छ यी विश्वविद्यालयले तपाईलाई ज्ञानको सम्पत्ति मात्र दिइरहेका छैनन्, साथै विश्वलाई आफ्नै आखाँले हेर्न विभिन्न दृष्टिकोण पनि प्रदान गरिरहेका छन् । उनीहरुले फरक तरिकाले पढाउँछन्, दृष्टिकोण परिवर्तन गराउँछन् र त्योभन्दा बढी विश्वसँग कनेक्ट हुने सञ्जाल प्रदान गर्छ । विश्वभरका धेरै उद्यमीहरुसँग भेट हुन्छ तपार्इंको । 


शिक्षाको शक्ति थाहा पाएपछि मैले शिक्षामा सधंै लगानी गरेर समाजलाई दिए चाहँे । हाम्र्रो ग्रुपले एउटा फाउन्डेसन स्थापना गर्यो र हामीले भूकम्पपछि धेरै विद्यालय बनायौं । हामीले बागलुङ बलेवामा रहेको श्री पृथ्वीहिरण्य माध्यमिक विद्यालय हालै बनाएका छौं, जहाँ मैले विद्यालय स्तरको शिक्षा प्राप्त गरेको थिएँ । हामीले भर्खरै त्यसलाई समुदायमा हस्तानतरण गर्यौं । हामीले यहाँ भौतिक पूर्वाधार मात्र उपलब्ध गराएका छैनौं, विदेशमा काम गर्दा मृत्यु भएका अभिभावकका सन्तानहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराएका छौं । 


हामीलाई लाग्छ यो हाम्रो जिम्मेवारी हो  हामीले आज यी बालबालिकाहरुलाई शिक्षा दियौं भने भोलि उनीहरुले आफ्नो लागि मात्र होइन, समाज र समुदायका लागि पनि अवसर सृजना गर्न सक्छन् । यो प्रेरणा पाकिस्तानी बालिका मलाला युसुफजाईबाट प्राप्त भएको हो, जसले कलिलो उमेरमै नारी शिक्षाका लागि लडेर नोबेल शान्ति पुरस्कार प्राप्त गरिन् । यद्यपी उनीमाथि पाकिस्तानी तालिवानहरुले निरन्तर ज्यान मार्ने धम्की र दबाब दिइरहे । 


नेपालमा मानिसहरु सधैँ लगानी अवसर, मौसम आदि विषयमा गुनासो गरिरहन्छन् । मेरो एक जना साथीले भन्ने गर्थे, नेपालमा ढुङ्गा फाल्यो भने त्यो सुन बनेर फर्किन्छ । किनभने यहाँ जताततै सम्भावना छन् । हामीसँग गर्नलाई धेरै छन् । किनभने हामी भर्जिन मुलुक हौं । 


तपाईंहरुलाई मेरो सफलताको कहानी सुन्दा छक्क लाग्छ होला । किनभने मेरा पनि धेरै असफलता र हारका कहानी छन् । तर मैले सधैं ती असफलतालाई मेरा लागि राम्रा प्रयोगात्मक ल्याब थिए, मैले त्यहाँबाट धेरै कुरा सिक्ने मौका पाएँ, अगाडि बढ्नका लागि । आज म धेरै युवाहरु यहाँ देखिरहेको छु । म यहाँ एउटा प्रेरणादायी भनाइ राख्न चाहन्छु— विश्वलाई युवाले मात्र परिवर्तन गर्न सक्छन् । यदि तपाईंले इतिहास हेर्नुभयो भने गौतम बुद्ध २९ वर्षका उमेर दरबार छोड्दा केही पनि थिएनन् । तर उनले बुद्धत्वको भिजनले विश्वलाई एक गर्ने क्षमता राखे । फेसबुकलाई हेर्नुहोस्, उनी २३ वर्षका मात्र थिए, जब उनले फेसबुकको सुरु गरे । उनले त्यस समय फेसबुकले आज जस्तो परिवर्तन ल्याउनेबारे सोचेका पनि थिएनन् । तर यो अहिले धर्मको नयाँ मार्ग जस्तो बनिसकेको छ । कार्ल माक्र्स हेर्नुहोस्, उनले कम्युनिस्ट मेनिफेस्टो ३० वर्षको उमेरमा लेखेका थिए, करिब सन् १९५० तिर । आज त्यही मेनिफोस्टोले सत्ताधारी दल र विश्वभरका कम्युनिष्ट दललाई मार्गनिर्देश गरिरहेको छ । 

तपाईंहरु युवा हो । तपाईहरुसँग प्यासन छ । र परिवर्तनका लागि सम्भावना पनि उत्तिकै छ । त्यसैले आफ्नो कम्फर्ट जोनबाट बाहिर आउनुहोस् । आफैलाई विश्वास गर्नुहोस् । र केही कुरा आजैबाट सुरु गर्नुहोस्, जसबाट तपाईंले भविष्यमा चमत्कार गर्न सक्नुहुन्छ । 

आईएमई ग्रुपका संस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले टेडेक्स युथ, ज्ञानेश्वरमा दिएको मन्तव्यको सम्पादित अंश 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top