माथिल्लो त्रिशुली १ आयोजनाले पायो संस्थागत कर छुट, १० वर्ष पुरै ५ वर्ष आधा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २६, बिहीबार,०६:०९:PM  
माथिल्लो त्रिशुली १ आयोजनाले पायो संस्थागत कर छुट, १० वर्ष पुरै ५ वर्ष आधा 

काठमाडौं । कोरियाको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाले संस्थागत कर (कर्पोरेट ट्याक्स) छुट पाएको छ ।

 

मन्त्रिपरिषदको हालै बसेको बैठकले प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीलाई १० वर्षका लागि पुरै र ५ वर्ष आधा कर छुट सहुलियत दिने निर्णय गरेको छ । सरकारले जलविद्युत आयोजनालाई प्रवद्र्धन गर्न संस्थागत आयकर छुट दिने नीतिगत व्यवस्था अनुसार नेपाल वाटरले पनि पाएको हो ।  


आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज (आईडीसी)समेत गरी ६५ करोड डलर (करिब ७० अर्ब रुपैयाँ) छ । २० करोड डलर नेपाली साझेदार जेड कन्सल्ट र कोरियाका कम्पनीले स्वपुँजी (इक्विटी) लगानी गर्ने छन् । 

 

सेयर हिस्सा ९० प्रतिशत कोरिया र १० प्रतिशत जेड कन्सल्ट नेपालीको छ । आयोजना आगामी सन् २०२४ सम्म सम्पन्न गर्ने लक्ष्य प्रवद्र्धकको छ । नेपाल वाटरमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप) को ५२, डेलियम इन्डिस्ट्रियल कम्पनी लिमिटेडको १६ र केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, आईएफसीको १२ तथा स्थानीय लगानीकर्ता जेडको १० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।


आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो । आफै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीतिअन्तर्गत सरकारले आयोजना कोरियाली कम्पनी नेपाल वाटरलाई दिएको हो । आयोजनाबाट वार्षिक १ अर्ब ४६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना रसुवा जिल्लामा पर्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');