बक्स अफिस अनुगमन समिति बुधबार गठन हुँदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २०, साेमबार,०२:५५:PM  
बक्स अफिस अनुगमन समिति बुधबार गठन हुँदै

काठमाडौं । देशभरका चलचित्र घरमा लागू भएको बक्स अफिसलाई अनुगमन र नियमन गर्ने सिमितिको गठनमा ढिलाइ भएको छ । राजस्व अनुसन्धानबाट प्रतिनिधि नआएका कारण समिति गठनमा ढिलाइ भएको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताएका छन् । 

समितिमा चलचित्र विकास बोर्डका दुई प्रतिनिधि, एक संयोजक र एक सदस्य तथा राजस्व अनुसन्धान विभाग, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र सङ्घ र चलचित्र निर्माण समितिका एक एक जना प्रतिनिधि रहने व्यवस्था छ । साउन २२ गतेको बैठकबाट समिति गठन हुने अध्यक्ष भट्टराईले क्यापिटल नेपाललाई बताए । 

समिति गठन भइसकेपछि देशभरका हलमा अनुगमनका लागि समिति निस्कने र बदमासी गरेको र बक्स अफिस प्रणालीमा कुनै तलमाथि गरेको पाइए तत्काल कारबाही गर्ने उनले बताएका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top