उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २९, बुधबार,०२:३७:PM  
उज्वेकिस्तानमा अर्को वर्षदेखि भूमिको निजीकरण

तास्कन्त । उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिर्जियोयेभले मंगलबार गैर–कृषि भूमिको निजीकरण गर्नेसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गरेका छन् ।    
    
मध्य एसियाको सबैभन्दा बढी जनसंख्या रहेको उज्वेकिस्तानमा यो कानुनलाई सिनेटले गत मे महिनामा स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट स्वीकृत भएको यो कानुन आगामी सन् २०२० को मार्च १ देखि लागू हुनेछ ।    
    
यसअघि, सबै जमिन राज्यको मातहतमा थियो । उज्वेक अधिकारीहरुका अनुसार मुलुकको आर्थिक विकासका लागि भूमिको निजीकरण सम्बन्धी कानुनले ठूलो महत्व राख्नेछ । उनीहरुको भनाईमा भूमिको स्वामित्व बेगर बजार अर्थतन्त्र पूरा हुन सक्दैन ।    
    
नयाँ कानुनअनुसार उज्वेकिस्तानका कानुनी अख्तियारप्राप्त निकाय एवं नागरिकले व्यवसाय सञ्चालन गर्न र निजी घर निर्माण गर्न जग्गाजमिन खरिद गर्न सक्नेछन् ।   रासस/सिन्ह्वा

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');