बीवाईडी गाडी र चार्जिङ स्टेसन निर्माणमा आक्रामक सिम्याक्स,  देशका विभिन्न ११ स्थानमा चार्जिङ स्टेसन र ४२ युनिट गाडी बिक्री 

account_box युजु खालिङ ,
प्रकाशित: २०७६ भदाै ६, शुक्रबार,०६:००:PM  
बीवाईडी गाडी र चार्जिङ स्टेसन निर्माणमा आक्रामक सिम्याक्स,  देशका विभिन्न ११ स्थानमा चार्जिङ स्टेसन र ४२ युनिट गाडी बिक्री 

काठमाडौं । बिल्ड योर ड्रिम्स (बीवाईडी)को नेपालका लागि आधिकारिक बिक्रेता सिम्याक्स कम्पनीले काठमाडौंसहित विभिन्न ११ स्थानमा चार्जिङ स्टेसन निर्माण गरेको छ । 

भेहिकल निर्माणकर्ता कम्पनी बीवाईडीको आधिकारिक बिक्रेता सिम्याक्सले उपत्यकाभित्र आठ र उपत्यकाबाहिर नारायणघाट, हेटौंडा र लुम्बिनीमा एक एक गरी जम्मा ११ ओटा चार्जिङ स्टेसन निर्माण गरिसकेको सिम्याक्सका मार्केटिङ म्यानेजर समीर श्रेष्ठले बताए । 

सिम्याक्सले काठमाडौं उपत्यकाभित्र रत्नपार्क, पाटन, नक्साल, थापाथली, तीनकुने, महाराजगञ्ज, कमलादी र सिंहदरबारमा चार्जिङ स्टेसन निर्माण गरिसकेको हो । 

चार्जिङ स्टेसन देशभर विस्तार गर्ने उद्देश्यले धुलिखेल, बर्दिबास र कुरिनटारमा निर्माणको काम गरिरहेको छ । यो निर्माण कार्य आगामी दस दिनभित्र सम्पन्न हुने कम्पनीले जनाएको छ । यस्तै पूर्वमा विराटनगर, इटहरी र बिर्तामोडमा पनि चार्जिङ स्टेसनको निर्माण हुँदै छ । आगामी एक महिनाभित्र ती स्थानमा निर्माण सम्पन्न भइसक्ने श्रेष्ठले बताए । 

एउटा चार्जिङ स्टेसन निर्माणका लागि ६ देखि ८ लाखसम्म लागत लाग्ने गरेको उनले बताएका छन् । बीवाईडीले हालसम्म ४० युनिट इलेक्ट्रिक भेहिकल बिक्री गरिसकेको छ । बिक्री भएका यी गाडी काठमाडौं उपत्यकाभित्र मात्र चल्ने हुँदा काठमाडौंमा निर्माण भएका ११ ओटा चार्जिङ स्टेसन पर्याप्त हने उनले बताए ।

हाल कम्पनीले निर्माण गरेका चार्जिङ स्टेसन स्ट्यान्डर्ड–२ को एसी फास्ट चार्जर हो । स्ट्यान्डर्ड–२ प्रयोग गर्ने अन्य कम्पनीका गाडीहरुले पनि आफ्नो चार्जिङ स्टेसन प्रयोग गर्नसक्ने उनले बताए । 

‘हालसम्म विद्युत् प्राधिकरणले चार्जिङ ट्यारिफका लागि कार्यविधि नबनाएको हुँदा अहिलेसम्म हामीले निःशुल्क चार्जिङ सुविधा दिइरहेका छौं,’ श्रेष्ठले भने, ‘साथै हाम्रो स्किममा पनि एक वर्षसम्म फ्री भएकाले सेवाग्रााहीले निःशुल्क चार्जिङ सुविधा लिँदैछन् ।’ प्राधिकरणले कार्यविधि बनाएपछि शुल्कका विषयमा निर्णय हुने उनले सुनाए ।

कम्पनीले २०७४ माघबाट बीवाईडीका गाडी बिक्री गर्न सुरु गरेको हो ।

युजु खालिङ

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');