नाममा दर्ता सिम मात्र सिटिजन एप्समा लिंक गराउन दूरसञ्चार प्राधिकरणको सुझाव 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै ९, साेमबार,११:३८:AM  
नाममा दर्ता सिम मात्र सिटिजन एप्समा लिंक गराउन दूरसञ्चार प्राधिकरणको सुझाव 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोवाइल सिम प्रयोगकर्ता उपभोक्ताहरुलाई सिटिजन एपमा आफ्नो नाममा रहेको आधिकारिक सिम मात्र लिंक गराउन सूचना मार्फत आह्वान गरेको छ । 

विद्युतिय प्रविधिमार्फत जनतालाई सरकारी सेवा प्रवाह गर्ने उदेश्यले तयार गरिएको सिटिजन एपलाई लागू गर्ने सन्दर्भमा प्राधिकरणले त्यस्तो सूचना जारी गरेको हो ।

प्राधिकरणले उपभोक्तालाई एप्सको प्रयोग गर्न आफ्नो नाममा दर्ता भएको नम्बर मात्र एप्समा लिंक गराउन भनेको छ । यदि नम्बर अरुको प्रयोग गरेको खण्डमा आफ्नो नाममा नामसारी दर्ता गराउन पनि प्राधिकरणले आह्वान गरेको छ । 

सरकारी सूचना तथा सुविधाबारे जनताले उक्त एपबाट सूचनाहरु प्राप्त गर्नसक्छन् । ‘एक व्यक्तिलाई पठाएको सूचना अर्को व्यक्तिलाई नजाओस् भन्ने उदेश्यले आफ्नै सिम प्रयोग गर्न आह्वान् गरिएको हो ।’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले क्यापिटल नेपाललाई भने । 

प्रधानमन्त्री कार्यलयले तयार गरेको यो एप्स सम्बन्धि कार्यविधि तयार भइसकेको र चाँडै नै प्रयोगमा आउने प्राधिकरणले जनाएको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');