प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक, २२ लाख बैंक व्यालेन्स 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २४, मङ्गलबार,०९:३२:PM  
प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक, २२ लाख बैंक व्यालेन्स 

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । प्रधानसेनापति थापाले मंगलबार  नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । 

थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ । थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ ।

यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा १६ लाख ६१ हजार रुपैयाँ र सोही बैंकमा  ५ हजार ९०० अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा  ४२ हजार र श्रीमतीको नाममा मे बैंगाकमा ५० हजार रुपैयाँ रहेको छ । श्रीमतीको नाममा मेगा बैंकको २४ हजार कित्ता संस्थापक र नौ हजार साधारण सेयर रहेको छ ।

डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता सेयर रहेको उल्लेख छ । उनले ग्लोबल आइएमईबाट १८ लाख, कल्याणकारी कोषबाट ५ लाख, एनबी बैंकबाट ९८ लाख र लक्ष्मी बैंकबाट ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको देखिएको छ । उनीसँग फिगो फर्ड कार रहेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');