दशैका लागि थप २ सय नयाँ गाडी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ७, मङ्गलबार,०४:१६:PM  
दशैका लागि थप २ सय नयाँ गाडी

काठमाडौं । दशैमा काठमाडौबाट गाउँ फर्कने यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी महासंघले देशभरको लागी नयाँ २ सय गाडी थप गर्ने भएको छ । काठमाडौंबाट दशै करिब ३० लाख मानिस बाहिरिने यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । सोहि संख्यालाई ध्यानमा राखेर यात्रुहरुलाई सहज सुबिधा दिन २ सय बस थप गरिएको उनले बताए ।

सरकारले यातायात क्षेत्रमा लगाएको कसिलो कानुन, नीति कार्यन्वयनमा समस्या र अस्पष्ट बीमा नीतिका कारण यातायात क्षेत्रमा लगानीकर्ताहरु आकर्षित नभएको उनको गुनासो छ । सोहि कारण सोच अनुसार नयाँ गाडी थप्न नसकिएको महासचिव सिटौलाले जानकारी दिए । सरकारले यातायात व्यवसायीलाई मात्र नदेखाएर सडकका खाल्डा खुल्डी पुरेर सहज यात्राको बाताबरण बनाइदिन उनले आग्रह गरेका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');