नगदै धिताे राख्नुपर्ने बाध्यता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ९, बिहीबार,०२:१५:PM  
 नगदै धिताे राख्नुपर्ने बाध्यता

काठमाडौं । नेपालमा दुई तिहाइ भन्दा बढी साना उद्योगहरूले अल्पकालिन कर्जा मात्रै उपयोग गर्दै आएको पाइएको छ । अधिकांशको आवश्यकता मध्यम तथा दिर्घकालिन कर्जा भएपनि साना व्यवसायीलाई बैङ्क तथा वित्तीय संस्थाहरुले अल्पकालिन कर्जा मात्रै उपलब्ध गराउछन् ।

नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागले साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन सम्बन्धि गरेको अध्ययनमा त्यस्ता उद्योगीहरुले छोटो अवधीको कर्जा लिने गरेको देखिएको हो । साना तथा मझौला उद्योगहरूमध्ये सबैभन्दा बढीले नगद प्रवाहलाई धितोको रूपमा राख्ने गरेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

कर्जा लिएका साना उद्योगमध्ये १९.२ प्रतिशतले सहुलियत प्राप्त गरेको पाइएको छ । २.७ प्रतिशत व्यवसायीले व्यक्तिगत जमानीमा कर्जा लिएका छन् । तर, मझौला उद्योगहरुले कुनै पनि सहुलियतपूर्ण कर्जा लिएको देखिदैंन । साना तथा मझौला उद्योगहरूले ‘साना तथा मझौला उद्यममा पुनरकर्जा’ र परियोजना कर्जा लिएको देखिएको छैन ।

२०७६ असार मसान्तमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रबाहेकका साना तथा मझौला उद्योगमा बैङ्क तथा वित्तीय संस्थाहरुले ३.२६ प्रतिशत कर्जा प्रवाह गरेका छन् । नेपालमा सक्रिय १३ हजार ५७८ बचत तथा ऋण सहकारीसहित ३४ हजार ५१२ सहकारी संघ÷संस्थाहरु सञ्चालनमा छन् । त्यस्तै अहिले ९ लाख २३ हजार ३५६ व्यावसायिक एकाइ नेपालभर सञ्चालनमा छन् । जसमा ३२ लाख २८ हजार ४५७ व्यक्ति संलग्न छन् ।

आर्थिक वर्ष २०७४÷०७५ सम्ममा साबिक घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमा २ लाख ६८ हजार ९३४ साना उद्योग दर्ता भएका छन् । उद्योग विभागमा २०७५ असार मसान्तसम्म ४ हजार ८५९ साना उद्योग र १ हजार ६४० मझौला उद्योग दर्ता भएका छन् । नेपालमा साना तथा मझौला व्यवसायको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान छ । झन्डै १७ लाख रोजगारी सिर्जना गरेको अध्ययनले देखाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');