दशैंमा सेयरबजार हरियै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १६, बिहीबार,०४:५५:PM  
दशैंमा सेयरबजार हरियै

काठमाडौं । बिहीबार सेयर बजारमा सुधार आएको छ । दशैंको अन्तिम कारोबारले सेयर बजारमा आशा जगाएको छ । 

बिहीबार ८.६९ प्रतिशतले नेप्से बढेको छ । विभिन्न कम्पनीका ६ लाख ४७ हजार कित्ता सेयर किनबेच भएका छन् भने १७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार सोल्टी होटेलको कारोबार सबैभन्दा बढी भएको छ । यस होटलको तीन करोड १३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै सिद्धार्थ बैंकले १ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । यो बैंक कारोबारका हिसाबले दोस्रो स्थानमा छ । 

त्यस्तै, नेप्सेको उपसूचक लगभग हरियाली देखिएको छ । बैंक, होटल, डेभलपमेन्ट बैंक, हाइड्रो पावर, निर्जीवन बिमा, जीवन बिमा, लघुवित्त, म्युचुअल फन्डलगायतका कम्पनीहरुको कारोबार उत्साहजनकरुपमा बढेको छ भने फाइनान्स कम्पनीहरुको कारोबार बढ्न सकेन ।

उप सूचकमा सबैभन्दा बढी होटेल समूह १.२३ प्रतिशतले बढेको छ । फाइनान्स ०.५७ प्रतिशतले घटेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');