तिनाउमा सत्यवती मेला भर्न सार्वजनिक बिदा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २१, बिहीबार,०८:०२:PM  
शेयर
क्यापिटल नेपाल

थप समाचार

तिनाउमा सत्यवती मेला भर्न सार्वजनिक बिदा

पाल्पाको तिनाउ गाउँपालिकाले कात्तिक २६ गतेका लागि स्थानीय बिदा घोषणा गरेको छ । तिनाउ गाउँपालिकाको महत्वपूर्ण सत्यवती मेलालाई लक्षित गरी बिदा घोषणा गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिए ।

तिनाउ गाउँपालिका–४ सत्यवती ताल क्षेत्रमा रहेको बहिरी बजैसँग चिच्याएर बर माग्ने चलन रहेको छ । कात्तिक २४ गतेदेखि २६ गतेसम्म सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग बर माग्नका लागि धार्मिक मेला हुने गरेको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।

 २६ गते कात्तिक पूर्णिमा कात्तिक महिनानै परेको योग परेको भन्दै भक्तजनको विशेष आकर्षण हुने स्थानीय बासिन्दाको दाबी छ । रासस

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top