सनराइज बैंकको नाफा ३७ प्रतिशत बढ्यो, ३ महिनामा ४५ करोड ४३ लाख 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०८:४४:AM  
सनराइज बैंकको नाफा ३७ प्रतिशत बढ्यो, ३ महिनामा ४५ करोड ४३ लाख 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सनराइज बैंकको नाफा ३७ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकले ४५ करोड ४३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको थियो । 

सनराइजले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमाशको वित्तीय विवरणमा नाफा १२ करोड ३४ लाख रुपैयाँ बढेको उल्लेख छ । पहिलो त्रैमाशको खुदनाफाबाट सनराइजले सेयरधनीलाई १५ करोड ८३ लाख रुपैयाँ मात्र वितरण गर्न सक्नेछ । 

३ महिनामा सनराइजको खुदब्याज आम्दानी बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ८२ करोड १८ लाख रुपैयाँ मात्र थियो । ब्याज आम्दानी बढेपछि नाफमा वृद्धि भएको हो । 

बैंकको निष्क्रिय कर्जा १.२७ प्रतिशत छ । निक्षेप लागत ७.१२, सीसीडी रेसियो ७८, आधारदर ९.९७ र ब्याजदर अन्तर (स्प्रेड) ४.५० प्रतिशत रहेको बैंकले जनाएको छ । 

बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ रहेको छ । बैंकको सञ्चित कोषको आकार बढेर २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ७७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');