मास प्रिन्टरले मागअनुसार स्मार्ट लाइसेन्स छाप्न नसक्ने, अर्को मेसिन खरिद गर्दै सरकार

account_box अनिस मिजार ,
प्रकाशित: २०७६ कात्तिक २२, शुक्रबार,०७:०७:PM  
मास प्रिन्टरले मागअनुसार स्मार्ट लाइसेन्स छाप्न नसक्ने, अर्को  मेसिन खरिद गर्दै सरकार

काठमाडौं । स्मार्ट लाइसेन्स छाप्न ल्याएको नयाँ मास प्रिन्टर मेसिनले मागअनुसार लाइसेन्स छाप्न नसकेपछि यातायात व्यवस्था विभागले अर्को प्रिन्टर खरिद प्रक्रिया अघि बढाएको छ । 

स्मार्ट लाइसेन्स छपाइको क्षमता विस्तार गर्न अर्को मास प्रिन्टर खरिद प्रक्रिया अघि बढाइएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । ३ महिनाअघि ल्याइएको प्रिन्टरले माग नधान्ने भएपछि थप मेशिन ल्याउन लागेको उनले स्पष्टपारे ।

यसअघि विभागले नयाँ मास प्रिन्टर मेसिनले लाइसेन्स छापेपछि ट्रायल पास गरेका चालकले १० दिनमै स्मार्ट लाइसेन्स पाउने भनेको थियो । अहिलेकै मेसिनले छाप्ने स्मार्ट कार्डले १० दिनमै लाइसेन्स उपलव्ध गराउन नसक्ने उनले बताए । 

थप मास प्रिन्टर खरिद गरि क्षमता बढाएर मागबमोजिम लाइसेन्स छापिएमा कम्तीमा १५ दिनभित्र चालकलाई दिन सकिने उनले जानकारी दिए ।

‘अहिले ल्याएको मास प्रिन्टरले मागअनुसार लाइसेन्स १० दिनभित्र दिन सक्ने अवस्था रहँदैन्’ उनले भने,‘ समयमै लाइसेन्स दिन थप एक मास प्रिन्टर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएका छौं ।’ विभागले मेसिन खरिदका लागि झन्डै ७ करोड रुपैयाँ रकम छुट्याएको छ । 

भएकै प्रिन्टर चलाउन सकस

३ महिनाअघि विभागमा भित्र्याइएको मास प्रिन्टर अहिलेसम्म पनि सञ्चालनमा आएको छैन् । कारण, उक्त मेसिन चलाउन सक्ने जनशक्ति र प्रविधिकको अभावले हो ।

अहिले मेसिनमा सस्टेवयर जडान तथा फिटिङको भइरहेको विभागले जनाएको छ । मेसिनका लागि आवश्यक पार्ट र रिबन नआउँदा मेसिन सञ्चालन गर्न नसकिएको प्रवक्ता खनालले बताए । 

विभागसँग मेसिन सञ्चालन गर्ने दक्ष प्राविधिक समेत छैनन् । केही कर्मचारीलाई तालिम दिएर प्रिन्टर सञ्चालनको तयारीमा जुटेको खनाल बताउँछन् । ‘मास प्रिन्टर मेसिन त आयो ।

तर, त्यसको सञ्चालन गर्न कर्मचारी दक्ष भएनन्’ उनले भने, ‘अहिलेसम्म मास प्रिन्टरमा प्रयोग हुने केही सामान आएकै छैन् । अहिले ७ लाख ४५ हजार ५४५ जना चालक ट्रायल पास गरी लाइसेन्स कुरेर बसेका छन् । 

 

अनिस मिजार

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');