टेलिकमले प्रदेश २ मा ५३ किलोमिटर अप्टिकर फाइबर बिच्छ्यायो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ८, आइतबार ,०४:४४:PM  
टेलिकमले प्रदेश २ मा ५३ किलोमिटर अप्टिकर फाइबर बिच्छ्यायो

काठमाडौं । नेपाल टेलिकमले प्रदेश नम्बर २ मा ५३ किलोमिटरसम्म अप्टिकल फाइबर बिच्छ्याएको छ । प्रदेश नम्बर १, २ र ३ मा पाएको अप्टिकल फाइबर बिच्छ्याउने परियोजना अन्तर्गत टेलिकमले अन्य प्रदेशको तुलनामा प्रदेश २ मा धेरै फाइबर बिच्छ्याएको जनाएको छ । यस्तै प्रदेश नम्बर १ मा भने अप्टिकल फाइर बिच्छ्याउन उपकरण आपूर्ति भएको तर बिछ्याउने तयारी भएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताएकी छिन् ।

प्रदेश नम्बर ३ मा पनि केही किलोमिटर मात्र सम्पन्न भईसकेको उनले बताइन् । प्रदेश नम्बर २ मा भने ५३ किलोमिटरसम्म थ्रेन्चिङ र डक्टिङको काम सम्पन्न भएर फाइबर पनि बिच्छ्याईसकेको उनले बताएकी हुन् । समग्र परियोजनाको सरकारबाट स्वीकृति लिएर काम अघि बढाए पनि प्रदेश नम्बर १ मा भने स्थानीय तहबाट स्वीकृति नलिएको कारण काम अघि बढाउन ढिलाई भएको प्रवक्ता वैद्यले बताएकी थिइन् ।

उक्त तीन प्याकेज परियोजनासँगै डीडब्ल्युडीएम र राउटर जस्ता ट्रान्समिसन उपकरण आपूर्तिको दुईओटा परियोजना पनि अघि बढिसकेको उनले बताइन् । ‘प्राधिकरणले डीडब्ल्युडीएम र राउटर उपकरण ल्याइसकेको छ, ’ उनले भनिन्, ‘डीडब्ल्युडीएम उपकरण केही ठाउँमा जडान पनि गरिसकेका छौं, राउटर जडान गर्न बाँकी छ ।’

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');