पेट्रोल र डिजेलको मूल्य बढ्याे

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर १६, साेमबार,०७:१५:PM  
पेट्रोल र डिजेलको मूल्य बढ्याे

काठमाडौ । नेपाल आयल निगम लिमिटेडले डिजेल र पेट्रोलको मूल्य बढाएको छ । निगम पेट्रोल र डिजल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर २ रुपैयाँ वृद्धि गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि समायोजन गरेको निगमले जनाएको छ ।  पेट्रोलको  मूल्य प्रतिलिटर मूल्य १०९ र डिजल । मट्टितेल ९७ रूपैयाँँ तोेकेकोे निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य यथावत राखिएको निगमले जनाएको छ। 

अन्तरर्राष्ट्रिय बजारमा बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले सोमबार वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरर्राष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर २० मूल्यान्तर रहेकामा  १८ मूल्यान्तर हुने जानकारी दिए  । 

हाल पेट्रोलका प्रतिलिटर रु १०७ र डिजेल ९५ रहेको थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');