इलेक्ट्रिक म्याट देखि टिम्बा सिरकसम्मको माग बढ्यो

account_box अनिस मिजार ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०२:१६:PM  
इलेक्ट्रिक म्याट देखि टिम्बा सिरकसम्मको माग बढ्यो

काठमाडौं । केहि बर्ष अघिसम्म कपास फिटेर बनाइने सिरक–डसना जाडो मौसमको एक मात्र बिकल्प थियो । तर, समय अनुसार सिरक र डसना बनाइने प्रबिधिमा निक्कै परिबर्तन भइसकेको छ ।

हलुका र न्यनो पनि बढी हुने भएकाले अहिले कपास फिटेर बनाइने सिरकको प्रयोग छाडेर टिम्बा सिरक धेरैको रोजाईमा पर्न थाल्यो । टिम्बा सिरकले तताएको व्यापारमा अहिले फेरी नयाँ प्रबिधियुक्त चाइनिज ब्लाङ्केटहरुले लिन थालेको छ ।

व्यापारीहरुका अनुसार टिम्बा सिरकको प्रयोग कम हुदै जादा निकै न्याना र ताता फाइबरका सिरक एवं कोरियन ब्ल्याङकेटले बजार तताएको जानकारी दिए । पछिल्लो समय नेपाली बजारमा ग्राहकहरुले प्रविधियुक्त चाइनीज र कोरियन ब्लाङकेट तथा फाइबरका सिरको माग बढेको २० वर्षदेखि काठमाडौको महाबौद्धमा ब्लाङकेटको व्यापार गदै आएका विश्व श्रेष्ठले बताए ।

उनका अनुसार लोडसेडिङ हटेको हिटिङ म्याटको माग पनि बढेर व्यापार राम्रो भएको छ । उनले भने ‘नेपालीहरुले पनि समय अनुसार प्रविधि तथा सुविधा सम्पन्न सामान माग गर्ने लागेका छन ।’ अहिले जाडो बढेकाले सुविधा सम्पन्न इलेक्ट्रि म्याट देखि सबै खालका न्यानो बनाउने सामानको व्यापार बढेको अर्का व्यापारि हरि प्रजापतिले बताए ।

उनका अनुसार गत वर्षको तुलनामा ३० देखि ३५ प्रतिशतले व्यापारमा बृद्धी भएको छ । ब्लाङकेट तथा फाइबरका सिरक अत्यन्तै न्यानो र हलुका हुन, फिटेर बनाएका सिरकजस्तो छिट्टै नफाट्ने तथा एउटै डल्ला नपर्ने भएकाले धेरैको रोजाईमा परेको श्रेष्ठको भनाई रहेको छ । अहिले बजारमा चिनबाट आएका ब्लाङकेट, फाइबरका सिरक तथा हिटिङ म्याड चाइनाबाट आउने गरेको र चाइनिज यस्ता सामान नै बजारमा ग्राहकको माग रहेको श्रेष्ठको भनाइ रहेको छ ।

नेपाली बजारमा चाइनाबाट मात्र नभई हङकङ र कोरियाबाट पनि आउने गरेका छन । बजारमा ३५ सय देखि १० हजारसम्मका फाइबरका सिरक,ब्ल्याङकेट तथा हिटिङ म्याट पाउन सक्ने व्यापारीहरुले बताएका छन ।

 न्यानाे कपडाकाे व्यापार

चिसो बढ्दै जाँदा फेशनमा रम्न चाहनेहरुको रोजाई पनि न्यानो कपडा नै हुने गरेको छ । सोहि अनुसार ऊलनका पहिरण, थर्मकोट, ज्याकेटलगायतका कपडाहरुको बिक्री बढेका छ । गर्मी समय भन्दा जाडो मौसममा व्यापार धेरै हुने भएकाले सोहि अनुसार बजारमा माग हुने न्याना कपडा फेशन अनुसार बिक्री भइरहेको काठमाडौं मलमा कपडा व्यापारी प्रकाश थापाले बताए ।

उनले भने ‘जाडोका समयमा फेसनका न्याना कपडा तथा जाडोमा आवश्यकता अनुसार लामा–छोटा ज्याकेट, थर्मकोटदेखि कटराइज, ऊलनका न्याना पहिरनमा धेरै माग हुने गरेको छ ।’ जाडो अत्याधिक बढेकाले ठूला मानिसलाई भन्दा साना बालबालिकालाई चिसोबाट जोगाउन अभिभाबकहरु बढी सचेत हुन्छन् ।

सोहि कारण जाडोको समयमा बालबालिकाको न्यानो पहिरणको व्यापार दोब्बरले बढ्ने व्यापारीहरुले बताए । जाडो अत्याधिक बढ्दै गएकाले अहिले उपत्यका ठूला मल तथा सपिङ स्टोरहरू मात्र होइन डकपेटीका पसलहरूमा समेत उत्तिकै चाप देखिने गरेका छन । जाडोमा आवश्यकता पर्ने स्वेटर, ज्याकेट, पाइन्ट, टिसर्ट तथा थर्मकोट जाडोमा बढी खरिद–बिक्री हुने पहिरन हुन ।

अनिस मिजार

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

ताजा समाचार
Top