मध्य भोटेकोसी जलविद्युतको १५० करोडको आईपीओ आउँदै

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०३:३७:PM  
मध्य भोटेकोसी जलविद्युतको १५० करोडको आईपीओ आउँदै

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

आईपीओ निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोषसँग  प्रत्याभूति सम्झौता गरेको छ । कम्पनीले प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दालाई लागि १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणका १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले १०२ मेगावाटको मध्य भोटेकोसी आयोजना निर्माण गरिरहेको छ । आगामी डेढ वर्षभित्र आयोजना सम्पन्न हुने छ ।  कम्पनीको संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हुने गरी लगानी संरचना तयार पारिएको छ । सर्वसाधारणलाई २ अर्ब ९४ करोड रुपैयाँ बराबरको २ करोड ९४ लाख कित्ता रहेको छ ।

यस मध्ये १९.५ प्रतिशत अर्थात १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता, संस्थापक संस्थाका कर्मचारीलाई ३.५ प्रतिशत अर्थात २१ करोड रुपैयाँको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीलाई १ प्रतिशत गरी १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता बाँडफाँड भइसकेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top