नेप्सेको बार्षिकोत्सवमा अर्थमन्त्रीले भने, ‘पूँजीको संरचनात्मक परिवर्तनले मात्रै संस्था गतिशिल बन्ने हो’

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०९:२६:PM  
नेप्सेको बार्षिकोत्सवमा अर्थमन्त्रीले भने, ‘पूँजीको संरचनात्मक परिवर्तनले मात्रै संस्था गतिशिल बन्ने हो’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीकोे संरचनामा परिवर्तन भएमा मात्रै संस्थालाई गतिशिल रुपमा विकास गर्न सकिने बताएका छन् । उनले पूँजीको संरचनागत परिवर्त भएअनुसार त्यस्को कार्यसञ्चालनमा पनि परिवर्तन हुने बताए । 

नेपाल स्टक एक्सचेन्जको २७ औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले सेयर बजारमा पछिल्लो समय संरचनात्मक परिवर्तन भएको बताए ।

‘पूँजीको संरचनामा परिवर्तन भएअनुसार कार्यसञ्चालनमा पनि परिवर्तन हुन्छ । र, क्रमशः व्यवसायीहरु र पूँजीबजारका जानकारहरु, यस्का सञ्चालकहरु हुँदै आउँछन्’ उनले भने, ‘त्यसकारणले मलाइ लाग्छ, पूँजीको संरचनात्मक परिवर्तनले नेप्सेलाइ अझै गतिशिल संस्थाका रुपमा अघि बढाउन सहयोग होला ।’ उनले भने ।

विगतमा सेयरमा लगानी गर्दा बजार सुचना र जानकारी नहुँदा घरमा सेयरका काजगात राख्ने ठाउँ नहुने तथा मुसाले काट्ने समस्या आएको भन्दै कम्पनी छानेर लगानी गर्न आग्रह गरे । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top