कोरोना भाइरस प्रभावित चीनबाट नेपालीलाइ उद्धार गर्ने सरकारको तयारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ १८, शनिबार,०९:३९:PM  
कोरोना भाइरस प्रभावित चीनबाट नेपालीलाइ उद्धार गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनमा रहेका नेपालीलाइ उद्धार गर्ने भएको छ ।  चीनको राजधानी बेइजिङस्थित नेपाली दूताबासकाले सुचना सार्वजनिक गर्दै त्यहाँ रहेका नेपालीलाइ चार्टर विमानबाट नेपाल ल्याउने तयारी गरेको हो । 

यसका लागि दूताबासको फारम भरेर दूतबासमा इमेल गर्न समेत आग्रह गरिएको छ । नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख बिहान ९ बजे अगावै फारम भरिसक्न समेत दूतावासले सूचनामा उल्लेख गरेको छ। 

त्यहाँ रहेका नेपालीहरूले पनि सरकारसँग सहयोग मागेपछि काठमाडौंस्थित चिनियाँ दूताबासले नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको थियो ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित वुहानमा एक सयभन्दा बढी नेपाली भएको बताइएको छ । पछिल्लो समय अरु देशले पनि वुहानमा रहेका आफ्ना नागरिकको उद्दार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top