५ वर्षमा साढे १३ अर्बको चिया निर्यात

account_box हरिप्रसाद शर्मा ,
प्रकाशित: २०७६ माघ २४, शुक्रबार,०२:३४:PM  
५ वर्षमा साढे १३ अर्बको चिया निर्यात

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपालबाट साढे १३ अर्बको चिया निर्यात भएको छ । व्यापार घाटा घटाउन महत्वपूर्ण योगदान पु¥याउने सक्ने चिया हरेक बर्ष २ देखि ३ अर्बसम्मको निर्यात हुने गरेको तथ्यांकले देखाउँछ । 

सो अवधिमा चिया नेपालमा झण्डै ५० करोड रुपैयाँ बराबरको चिया आयात भएको छ । चिया तथा कफी विकास बोर्डका अनुसार हरेक बर्ष १० देखि १२ करोडको चिया आयात हुदै आएको छ । आर्थिक बर्ष २०७१/७२ देखि २०७५/७६ सम्म १३ अर्ब १९ करोड ४४ लाखको चिया निर्यात भएको तथ्यांक छ । 

नेपालमा वार्षिक साढे २ करोड किलोग्राम चिया उत्पादन हुने बोर्डले जनाएको छ । त्यसमध्ये १ करोड ५० लाख ४३ हजार किलो चिया गत बर्ष २०७५/०७६मा निर्यात भएको छ । सो अवधिमा साढे ३ अर्बको चिया विभिन्न देशमा निर्यात भएको छ । 

निक्कै गुणस्तरिय मानिने चियाको माग विश्व बजारमा उच्च रहेको व्यवसायीहरु बताउछन् । तर, सो अनुसार उत्पादन र निर्यात बढाउन नसक्दा नेपालले लाभ   उठाउन नसकेको सरकारी अधिकारीहरु स्विकार्छन् । विदेशमा नेपाली अग्र्यानिक चियाको माग बढी भएपनि त्यस अनुसार निर्यात हुन नसकेको बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले बताए ।

उनले भने ‘चिया उत्पादनको असिमित सम्भावना हुँदा पनि असुन्धानमूलक प्रविधिको कमी, अग्र्यानिक प्रमाणिकरण नहुनु, स्रोत, साधन र कामदारको अभावलगायतका समस्या नेपाली चिया उत्पादनमा देखिन्छ ।’ 

अहिले नेपालको १८ लाख हेक्टर जमिन चियाका लागि उपयुक्त रहेको बोर्ड बताउँछ । त्यसमध्ये ५ लाख हेक्टर अति उपयुक्त मानिन्छ । तर, अहिले जम्मा २८ हजार हेक्टरमा मात्रै चिया खेती भइरहेको छ । 

अहिले नेपालका १४ जिल्लामा चियाको व्यवसायिक उत्पादन भइरहेको छ । खासगरी, इलाम, झापा, पाँचथर, धनकुटा, तेह्थुमलगायतका जिल्लामा चिया उत्पादन बढी हुने गरेको छ ।  

विदेशमा प्रति किलो १२ सय रुपैयाँ 

बोर्डका अनुसार नेपालबाट निर्यात हुने चियामा अर्थोडक्सको हिस्सा अत्याधिक छ । नेपालको उच्च भूभागमा उत्पादन हुने चिया विदेशमा निक्कै रुचाइने व्यवसायीहरु बताउछन् । विदेश बजारमा प्रतिकेजी १२ सयसम्ममा चिया बिक्री हुने गर्छ । 

उत्पादन भएको ९० प्रतिशत अर्थोडक्स चिया भारत हुदै विदेश निर्यात हुन्छ भने १० प्रतिशत मात्रै स्वदेशमा खपत हुन्छ । नेपालमा गतवर्ष अर्थोडक्स चिया ६० लाख ९७ हजार किलो उत्पादन भएको थियो । 

आन्तरिक माग सीटीसीले धान्दै 

गतबर्ष साढे ३ लाख किलो चिया आयात भएको थियो ।  खासगरी सिटीसी चिया सवैभन्दा बढि स्वदेशी मार्केटमा खपत हुन्छ । स्वदेशी उत्पादनमध्ये ६० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ ।  भारतीय बजार सीटीसी चियोको मुल्य निकै कम भएकोले प्रतिस्पर्धा गर्न कठिन हुने खनाल बताउँछन् । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कृषि बाट थप

Top