यति समूहले भन्यो-कानूनअनुसार व्यवसाय गरिरहेका छौं 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,१०:२०:AM  
यति समूहले भन्यो-कानूनअनुसार व्यवसाय गरिरहेका छौं 

काठमाडौं । यति समूहले जग्गा बिवादको बिषयमा पहिलो पटक मुख खोलेको छ । समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले विज्ञप्ति जारी गरि कानुनी रुपमा आफूहरु स्पष्ट रहेको र व्यवसाय पनि सोहीअनुसार गरेको बताएका छन् । 

४ दशकदेखि नेपालको पर्यटन विकास र राष्ट्रको पर्यटनका सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाइरहेका छौँ’, उनले भनेका छन्, ‘यति समूहले वार्षिक १ अर्ब रुपैयाा बढी राज्यलाई कर तिर्नुका साथै आम व्यवसायीलाई पनि कर तिर्न प्रोत्साहन गरिरहेको छ।’

शेर्पाले ताप्लेजुङ जिल्लामा रहेको धार्मिक स्थल पाथीभरा देवी दर्शन केबलकार आयोजनाबारे असत्य, भ्रामक र बदनाम गराउने उद्देश्यले समाचार आइरहेको दावी गरेका छन् ।
 
त्यस्तै उक्त समूहले नेपाल ट्रष्टअन्तर्गत दरबारमार्ग र ताहाचलको जग्गा भाडामा आफ्नो भगिनी कम्पनीले टेन्डर प्रक्रियाबाट सबैभन्दा बढी रकम बोलकबोल गरी लिएको प्रमाण आफूहरुसँगै रहेको दाबी गरेको छ।

अध्यक्ष शेर्पाले गोकर्णको गल्फ कोर्ष र रिसोर्ट विदेशी नागरिकबाट सेयर खरिद गरी पाएको र त्यसमा पूर्वाधार विस्तार र मर्मत कार्यका लागि पहिलेभन्दा २१६ प्रतिशत बढी लिज रकम तिर्ने र आवश्यक मर्मतसम्भार समेत गर्ने गरी र थप नयाँ संरचना निर्माण गरी पर्यटन क्षेत्रमा योगदान दिन कानुनबमोजिम सरकारबाट पाएको दाबी गरेका छन्।

शेर्पाले विज्ञप्तिमा भनेका छन्, ‘कुल करिब २७०० रोपनी जग्गामध्ये रिसोर्टले १३५ रोपनी तथा गल्फ कोर्षले ४०५ रोपनीमात्र जग्गा उपभोग गर्दै आएको र बाँकी २१६० रोपनी जग्गा जंगल र वन्यजन्तुको सुरक्षामा प्रयोग भइरहेको स्पष्ट पार्छौँ।’

समूहले २०५७ मा तत्कालीन राजा वीरेन्द्रद्वारा अमेरिकी नागरिकको स्वामित्वमा रहेको नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनीलाई लिजमा दिइएको र ३ वर्षअगाडि मात्रै आफूहरुले खरिद गरेको भन्ने समाचार सही नभएको जनाएको छ। पछिल्ला समाचारले आफूहरु निकै दुःखित बनाएको शेर्पाको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top