मलेसियाले नेपाली बाहेक अन्य देशबाट सुरक्षागार्ड नलिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,०५:४७:PM  
मलेसियाले नेपाली बाहेक अन्य देशबाट सुरक्षागार्ड नलिने

काठमाडौं । मलेसिया सरकारले नेपाली बाहेक अन्य देशबाट सुरक्षागार्ड नलिने भएको छ । मलेसियाली अनलाईन पत्रीका द स्टारले समाचार प्रकाशित समचार अनुसार पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डको रूपमा काम गर्न स्वीकार गर्नेछ भन्ने रिपोर्टको प्रतिक्रियालाई त्यहाँको गृहमन्त्रालयले  समचार खण्डन खण्डन गर्दै यस्तो प्रतिक्रिया दिइएको हो ।

मन्त्रालयले स्थानीय सुरक्षा गार्डहरूलाई पुलिस र मलेसिया सुरक्षा सेवा उद्योग संघको सहयोगमा उनीहरूको सेवा सुधार गर्न सहयोग पुर्‍याउने प्रशिक्षण कार्यक्रम ल्याएको छ,” बुधवार (फेब्रुअरी १२०)जारी गरिएको एक विज्ञप्तिमा समेत भनिएको छ।

पाकिस्तानी मिडिया आउटलेट द नेसनले रिपोर्ट गरेको थियो कि मलेसियाले पाकिस्तान देशबाट १ लाख देखि डेढ लाख सम्म सुरक्षा गार्डहरू ल्य्याउने तयारी गरेको छ। मलेसियामा पाकिस्तानको उच्चआयुक्त आमना बलुचलाई उद्धत गर्दै भनेको छ कि मलेसियाले पाकिस्तानी इस्लामाबादसँग यस विषयमा छलफल गरेको थियो।
यसअघि पनि गृहमन्त्री तानश्री मुहिद्दीन यासीनले भनेको थियो कि सुरक्षा गार्डका रूपमा विदेशीहरुलाई काममा लगाउने नीति अस्थायी उपाय मात्र हो। उनले सुरक्षा कम्पनीहरूलाई विदेशी कामदारमा निर्भर नहुनु र स्थानीयलाई यस क्षेत्रमा काम गर्न आकर्षित गर्न आग्रह गरे। अहिले मलेसियामा धेरै नेपाली युवाहरु सुरक्षा गार्डको रुपमा कार्यरत छन । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top