सिभिल बैंक कलैयामा, शाखा संख्या १०८ पुग्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २, शुक्रबार,०९:३६:AM  
सिभिल बैंक कलैयामा, शाखा संख्या १०८ पुग्यो

काठमाडौं । सिभिल बैंकले बाराको कलैयामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समितिका सदस्य युगेशबहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेशराय यादवले संयुक्त रुपमा शाखाको उद्घघाटन गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कलैयामा प्रशस्त अवसरहरु देखेको र बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंग सेवा तथा सुविधाहरु प्रदान गर्ने बताए ।

बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरु रहेका छन । हालसम्म ५२ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । प्रदेश नम्बर २ मा १४ शाखा तथा नेपालभर १०८ पुगेकोे  बैंकले जनाएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top