महानिर्देशक दाहालको ‘एक्सन’– ताहचल र विभागका कमर्चारी हेरफेर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन ५, साेमबार,०५:१७:PM  
महानिर्देशक दाहालको ‘एक्सन’– ताहचल र विभागका कमर्चारी हेरफेर

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले श्रम कार्यालय ताहचल र विभागका कर्मचारीहरुलाई फेरबदल गरेका छन् ।

दुई कार्यालयका कर्मचारीहरु लामो समयसम्म एकै ठाउँमा रहदा काममा चुस्त नआएको गुनासो बढिरहेको बेला महानिर्देशक दाहालले दुवै कार्यालयका कर्मचारीहरुलाई फेरबदल गरेका हुन ।

‘८/१० जना कर्मचारीहरु फेरबदल गरिसकेँ,महानिर्देशक दाहालले भने,अझै केहिको बाँकी छ ’। विभाग मातहतमै रहेको श्रम कार्यालय ताहचलबाट अन्तिम श्रम स्वीकृती दिने काम गरिन्छ । त्यहि श्रम स्वीकृती दिने बेला कर्मचारीहरुले सेवाग्राहीबाट पैसा लिने, काम सुस्त गरिदिने लगाएतका गुनासोहरु लामो समयदेखी पर्दै आएको छ ।

केहि समय अघि मात्र नियुक्ती भएका महानिर्देशक दाहालले कुनै सेवाग्राहीलाई दुख दिने कर्मचारीहरुलाई तत्कालै कार्वाही गर्ने चेतावनी दिदै आएका छन् । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मातहतका कर्मचारीहरुलाई चुस्त र पार्दर्शी रुपमा काम गर्न निर्देशन दिएका थिए ।


 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top