चैत ९ बाट अन्तराष्ट्रिय उडान र चैत १० बाट लामो दुरीका सार्वजनिक यातायात बन्द  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ७, शुक्रबार,०६:२३:PM  
चैत ९ बाट अन्तराष्ट्रिय उडान र चैत १० बाट लामो दुरीका सार्वजनिक यातायात बन्द  

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन र सम्भावित जोखिमलाई न्यून गर्न लामो दुरीमा चल्ने सार्वजनिक सवारी चैत १० गतेबाट बन्द गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमण फैलिए यात्रायात क्षेत्र बढी जोखिम हुने भन्दै चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको हो । त्यस्तै चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रीय उडान रोक्ने प्रधानमन्त्री ओलीले बताए । 

शुत्रmबार  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधनमा चढ्दा अनिवार्य रूपमा मास्कको प्रयोग निर्देशन दिइसकेको छ ।

यातायात व्यवसायी भने सरकारलाई संक्रमण जोखिम न्युनिकरण गर्न सेनेटाइजर र मास्क उपलब्ध गराउन माग गरिरहेका छन् । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top