सेयर बजार बन्द गराउन लगानीकर्ता पुगे नेप्से 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,१०:५८:AM  
सेयर बजार बन्द गराउन लगानीकर्ता पुगे नेप्से 

काठमाडौं । लगानीकर्ताहरुले सेयर बजार बन्द गराउन माग गरेका छन । उनीहरु अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा पुगेका छन् । कोरोनाको महामारी फैलन सक्ने भन्दै उनीहरुले बजार बन्दको माग गरेका हुन ।

 नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, तथा नेपाल पुँजी बजार संघले बजार बन्द गराउन आग्रह गरेको छ ।फोरमका अध्यक्ष छोटेलाल रौनियारले सेयर बजार अत्यावश्यकमा नपर्ने भएकाले बन्द गर्नुपर्ने बताए ।

यस्तै फोरमका निवर्तमान अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पनि सेयर बजार बन्द गर्नुपर्ने बताएका छन । बोर्डको निर्णय नआएकाले बजार खुलाउने की नखुलाउने भन्नेमा नेप्से अन्यौलमा छ । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top