अन्तत लगानीकर्ताको जित, सेयर कारोबार बन्द हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०९:०७:PM  
अन्तत लगानीकर्ताको जित, सेयर कारोबार बन्द हुने 

काठमाडौं । हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संकमण हुन नदिन सरकारले ५ दिनका लागि सेयर बजार बन्दको निर्णय गरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडसँग परामर्श गर्दा कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको र संक्रमणको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्ने निर्णय भएको धितोपत्र बोर्डले जनाएको छ । 

बोर्डको सञ्चालक समितिको बैठकले  हाल देशमा कोरोना भाईरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेप्सेको परामर्श समेतलाई मध्यनजर गरी लगानीकर्ताहरुको हकहित प्रवर्द्धनका लागि धितोपत्र बजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्यौट गर्ने, गराउने गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड ९घ० बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी २०७६ चैत १० गते देखि पाँच दिन कारोबार बन्द गर्ने निर्णय गरिएको हो । 

यसअघि प्रधानमन्त्रीको सम्बोधन, कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय, सरकारबाट हाल भैरहेका प्रयासहरु, बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति सम्बन्धमा दिइएको ज्ञापनपत्रहरु तथा सोमा व्यक्त बजार प्रतिको चासोलाई दृष्टिगत गरी लगानीकर्ताको हित प्रवर्द्धनका लागि धितोपत्र बजार बन्द गर्ने निर्णय भएको हो । 
बोर्ड बैठकले सेयर बजार सुचारुको निर्णय गरेको थियो । आइतबार सेयर बजारमा २० करोड रुपैयाँ कारोबार भएको थियो । स्टक ब्रोकर्स एसोसियसन अफ नेपाललगायत लगानीर्काले कारोबार बन्द गर्न दवाव दिएका थिए । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top