कोरोना भाइरसको संक्रमणबाट १४६०० को मृत्यु 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १०, साेमबार,११:४२:AM  
कोरोना भाइरसको संक्रमणबाट १४६०० को मृत्यु 

 एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट विश्वभर १४ हजार ६०० को मृत्यु भएको छ । चीनमा उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ ।

बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४७६ मानिसको ज्यान गएको छ । त्यहाँका ५९ हजार १३८ मानिस संक्रमित रहेकोमा ३ हजारको अवस्था गम्भीर छ ।
 
चीनमा ३ हजार २७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।यीमध्ये ३ हजार १५३ मानिस हुबेई प्रान्तका मात्रै छन् । इरानमा हालसम्म १ हजार ६०० कोरोना संक्रमितको ज्यान गइसकेको छ । त्यहाँ अझै २१ हजार ६३८ मानिस संक्रमित रहेको बताइएको छ ।

त्यस्तै, इटलीका ५९ हजार १ सय ३८, अमेरिकाका ३३ हजार २ सय ७६, स्पेनका २८ हजार ७ सय ६८ र जर्मनीका २४ हजार ८ सय ७३ मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।

कोरोनाले महामारीको रूप लिने चेतावनीकै बीच नेपालको छिमेकी देश भारतमा सात जनाको ज्यान गइसकेको छ । ३६० मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top