भारतले पनि गर्यो ‘लकडाउन’ ३ साता घरमा बस्न प्रधानमन्त्री मोदीको आब्हान 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ११, मङ्गलबार,०८:५६:PM  
भारतले पनि गर्यो ‘लकडाउन’ ३ साता घरमा बस्न प्रधानमन्त्री मोदीको आब्हान 

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारत सरकारले ३ साताका लागि ‘लकडाउन’ को घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशका नाममा सम्बोधन गर्दै आउँदो ३ साताका लागि लकडाउनको घोषणा गरेका हुन ।

कोरोना भाइरस विरुद्ध लड्न र जनताबीच दुरी राख्न लकडाउन एक मात्र उपाय भएको प्रधानमन्त्री मोदीले बताएका छन ।लकडाउन आज रातिबाट सुरु हुने फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

उनले जनतालाई घरभित्रै बसेर  कारोना विरुद्ध लड्न आब्हान समेत गरेका छन । मोदीले एक दिन जनता कर्फयु समेत लगाएका थिए । 

नेपालले लकडाउन गरेको भोलिपल्ट भारतले पनि घोषणा गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५०० नाघेको छ । १० जनाको मृत्यु भइसकेको छ ।

प्रधानमन्त्री मोदीले कोरोना भाइरस संक्रमणबाट जोगिन मानिसबीच दुरी आवश्यक भएको बताएका छन । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव नहुने जानकारी गराएका छन ।  यस्तै वेलायतले पनि ३ साताका लागि लकडाउन घोषणा गरेको छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अन्तर्राष्ट्रिय बाट थप

Top