मोबाइल रिचार्ज गर्दा पाएको बोनस यसरी लिन सकिन्छ 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,१२:५०:PM  
मोबाइल रिचार्ज गर्दा पाएको बोनस यसरी लिन सकिन्छ 

काठमाडौं । नेपाल टेलिकमले बुधबार १२ बजेदेखि रिर्चाज बराबरकै बोनस सुविधा शुरु गरेको छ । कतिपयले यस्तो सुविधा लिनको लागी धेरै पटक रिचार्ज गरेर ट्राई गर्नुभएको हुन सक्छ । रिचार्ज हाल्दापनि नआएको गुनासोहरुपनि सामाजिक सञ्जालमा देखिएका छन् । तर, नआत्तिनुुस हामीले बोनस लिने तरिका बारे जानकारी दिएका छौं ।

बोनस सुविधाको लिनको लागी तपाईले निश्चित प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । जस्तो तपाईले ५० को रिचार्ज हाल्दा १०० रुपैयाँ हुनुपर्यो तर, यो मोबाइल व्यालेन्समा भने देखिदैन  । तपाईले कसैलाई कल गर्दा पहिला हालेको ५० रुपैयाँ नकाट्टि बोनस बापतको पैसाँ काटिन्छ । प्राय मोबाइल व्यालेन्समै नजोडि आएकाले तपाईहरु अलमलिनु भएको हुनसक्छ । अर्को सेवाप्रदायक एन्सेलमा भने डाइरेक्ट रिर्चाज हाल्दा आधा बोनस आइहाल्छ भने टेलिकमको प्रक्रिया अर्कैै छ । 

यसरी लिनुस् रिचार्ज बराबरको बोनस

सुरुमा तपाईले १०० अथवा ५० को रिचार्जकार्ड आफ्नो मोबाइलमा हाल्नुपर्ने हुन्छ । सो रिचार्ज भईसकेपछि तपाईलाई रिचार्जकार्ड भएको अथवा पैसा आफ्नो मोबाइल व्यालेन्समा भएको म्यासेज आउँछ । त्यसपछि तपाईले बोनस प्रक्रियाको लागी टेलिकमलाई म्यासेज मार्फत रिक्वेस्ट गर्नुपर्ने हुन्छ ।

त्यसका लागी म्यासेज बक्समा गइ स्मल लेटरमा ‘एफ’ ‘आर’ टाइप गरी १४१५ मा सेन्ड गर्नुपर्ने हुन्छ । तपाईले म्यासेज पठाएको केहि सेकेन्ड भित्रै टेलिकमले तपाईलाई बोनस आएको म्यासेज पठाउँछ । यसरी तपाईले लकडाउनको बेलामा टेलिकमको यो सेवा लिन सक्नुहुने छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top