दैनिक कम्तिमा ६ घण्टा पसल खोल्न सरकारको आग्रह 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,०७:०१:PM  
दैनिक कम्तिमा ६ घण्टा पसल खोल्न सरकारको आग्रह 

काठमाडौं । दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन र उपभोक्ताको सहजताका लागि सरकारले साँझ र बिहान ३/३ घण्टा पसल खोल्न व्यापारीहरुलाई आग्रह गरेको छ ।

ठूला खुद्रा पसल, सुपरमार्केट र भाटभटेनी लगायतका संस्थानलाइ दिनको ६ घण्टा पसल खोल्न आग्रह गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले बताए ।

अहिले पसल फ्याट्टफुट्ट खुलेकाले उपभोग्य वस्तुको त्यति अभाव नदेखिएको उनले बताए । निजि क्षेत्रसँग सहकार्य गरि ठूला व्यापारीले साँझ र विहान ३/३ घण्टा खोल्ने र मोबाइल भ्यान भएका व्यापारीले उपभोक्ताका घरघरमा पुर्यार्उने भन्ने छ उनले भने, यसले आपूर्ति धेरै सहज होला । 

विहान र बेलुका कुन कुन समय खोल्ने भन्ने प्रोटोेकल तयार भइरहेकाले नोटिस हुने सुवेदीले बताए । खासगरी नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्स लगायत निजि क्षेत्रलाइ सहयोग गर्न भनिएको उनले बताए ।  

बिग मार्ट र भाटभटेनी लगायतका व्यापारीक प्रतिष्ठान ६ घण्टा खुलेमा र घुम्ती भ्यान मार्फत सामान आपूर्ति हुने जनाइएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top