काठमाडौं । सरकारले खाना पकाउने इन्डक्सन चुलोे खरिदमा अनुदान दिने भएको छ । बिजुली खपत बढाउन सरकारले इन्डक्सनमा सहुलियत दिन लागेको हो ।
आगामी आर्थिक वर्षको बजेटबाट इन्डक्सन चुलोमा अनुदान दिने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बताए । उनले कति अनुदान दिने खुलाएनन ।
इन्डक्सन खपत बढाउन मन्त्रालयले अनुदान दिने प्रस्ताव गरेको उनले सुनाए । खाना पकाउन इन्डक्सन चुलो प्रयोगलाई प्रोत्साहित गर्न सहुलियत दिन लागेको उनले स्पष्टपारे ।
बिजुली खपत कम भएपछि सरकारले सर्वसाधारणलाई इन्डक्सन प्रयोग गर्न अनुरोध गरिसकेको छ । लकडाउनका कारण बिजुली खपत घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युतीय उपकरण प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४ हजार रुपैयाँमै इन्डक्सन चुलो बिक्री गरेको थियो । २०७२ सालमा भारतले नाकाबन्दी लगाएर ग्यास आपुर्तिमा समस्या आएपछि चीनले नेपाललाई ११ हजार थान इन्डक्सन चुलो दिएको थियो ।
वार्षिक ६० अर्ब रुपैयाँको ग्याँस भारतबाट आयात हुने गरेको छ । बिजुली खपत बढाएर यसलाई कम गर्ने सरकारको रणनीति छ ।
थप
expand_moreकम
expand_less