भारतमा किस्ता तिर्ने समय ३ महिना थपियो, कर्जा सस्तियो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ९, शुक्रबार,११:१०:AM  
भारतमा किस्ता तिर्ने समय ३ महिना थपियो, कर्जा सस्तियो

एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई) ले ऋणीहरुलाई बैंकको किस्ता तिर्ने समय ३ महिना थप गरेको छ । भारतको केन्द्रीय बैंक आरबीआईका गभर्नर शक्तिकान्त दाशले पत्रकार सम्मेलनका आयोजना गरी कर्जा तिर्ने समय आगामी अगस्टसम्म पुर्याएको जानकारी दिएका छन । 

यसैगरी आरबीआईले लागत कम गर्न ब्याजदरमा कटौती गरेको छ । आरबीआईले ब्याजदर ४० विन्दुले घटाएको छ । भारतमा ब्याजदर ३.३५ प्रतिशतमा झरेको छ । 

आरबीआईको पोलिसी रिभ्यु कमिटिको आपतकालिन बैठकले कर्जा तिर्ने समय र ब्याजदरमा कटौती गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले हालै २१ लाख करोड भारुको राहात प्याकेज घोषणा गरेका थिए । आरबीआईले शुक्रबार मौद्रीक ८ लाख करोड बराबरको तथा तरलता प्रवाह नीति सार्वजनिक गरेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top