देशभर सकियो धान रोपाइँ, उत्पादन ५ प्रतिशत बढ्ने अनुमान 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ साउन १५, बिहीबार,१०:२४:AM  
देशभर सकियो धान रोपाइँ, उत्पादन ५ प्रतिशत बढ्ने अनुमान 

काठमाडौं । देशभर धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १५ सम्म आइपुग्दा देशभर ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ  सम्पन्न भएको हो । छिटपुट केही ठाउँमा मात्रै रोपाइँ बाँकी रहेपनि अधिकांश ठाउँमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

तराइ क्षेत्रमा ९७ प्रतिशत, मध्यपहाडमा ९२ प्रतिशत र उच्च पहाडमा ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा ८९ प्रतिशत,प्रदेश २ मा ९९ प्रतिशत, बागमति प्रदेशमा ९० प्रतिशत, गण्डकी प्रदेशमा ९७ प्रतिशत, प्रदेश नम्बर ५ मा ९८ प्रतिशत, कर्णाली प्रदेशमा ९८ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

धान नेपालको प्रमुख खाद्यबाली हो । धानको उत्पादन बढ्ने वित्तिकै यसले कुल गार्हस्थ उत्पादन(जीडीपी) बढाउन मद्धत गर्छ । सरकारले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष धान उत्पादन ५ देखि ७ प्रतिशत सम्म बढ्ने सरकारी अधिकारी बताउँछन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top